फिल्मसिटी निर्माण पर्‍यो ओझेलमा

Published on

काठमाडौं । राष्ट्रिय गौरव मानिएको दोलखाको भीमेश्वर नगरपालिका–९ लाँकुरीडाँडा स्थितको पर्यटकीय गन्तव्य समेत रहेको डाङडुङेको फिल्मसिटी निर्माण ओझेलमा परेको छ ।

आर्थिक वर्ष २०८१\०८२ को बजेटमा यो फिल्मसिटी सम्बन्धी बजेट नपरेकाले राष्ट्रिय गौरवको आयोजना हुँदाहुँदै पनि निर्माण ओझेलमा परेको यसका परिकल्पनाकार एवम् अभियन्ता वरिष्ठ कलाकार मदनदास श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार बजेट भाषणमा नाम मात्रको सम्बोधन भएको छ । पिपि मोडल लगानीको कुरा उठाइएको छ । यसका लागि अयोजना कम्पनीमा परिणत हुनुपर्छ । सेयरको व्यवस्था हुनुपर्छ । फिल्मसिटी निमर्काण अप्ठ्यारोतिर गएको छ । सरकारको नीति स्पष्ट नहुँदा ओझेलमै पर्ने भयो । निर्माण सुरु भएको १५ वर्ष नाघ्यो । बागमती प्रदेसको तीन करोड रुपियाँमा सूचना केन्द्र एक, गेस्ट हाउस दुई र प्रवेशद्वारका संरचना निर्माण भएका छन् । यसलाई पनि निर्माण सम्पन्न गर्न रकम अभाव भएको छ । थप एक करोड रुपियाँ भए यी काम सम्पन्न हुन्छन् । उहाँले भन्नुभयो, ‘‘सञ्चालनमा नआए यी संरचना पनि बिलाएर जान्छन् । यस्तै हो भने अन्तर्राष्ट्रियस्तरको यो चलचित्र नगरी (फिल्मसिटी) कहिले सम्पन्न हुने हो आशङ्का हुन थालेको छ ।’’ लागनी सम्मेलनबाट केही हुन्छ कि भन्ने आशा थियो । उहाँले भन्नुभयो, ‘‘सरकारले खासै वास्ता नगर्दा सम्मेलनबाट पनि आशातित भएन । सम्मेलनमा चाइना र बेल्जियमले सानो आशा देखाएका थिए । अहिलेसम्म पनि उनीहरुले देखाएको चासोप्रति सम्बोधनसम्म पनि हुन सकेको छैन । ठूलो लगानी लाग्ने अन्तर्राष्ट्रिय स्तरको यो फिल्मसिटीलाई सरकारले गौरवको आयोजनाको रुपमा अगाडि बढाउनुपर्नेमा यहँका नौ वटै स्थानीस्य तहले एक अन्तरकिया कार्यक्रममार्फत जोडदार माग गरे पनि संघ तथा प्रदेसबाट खासै सुनुवाइ भएको देखिँदैन ।’’

यसका परिकल्पनाकार एवम् अभियन्ता वरिष्ठ कलाकार श्रेष्ठले निर्माणमा विलम्ब भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकारले १२ करोड ४५ लाख रुपियाँको लागतमा फिल्मसिटी क्षेत्रमा साढे छ किलोमिटर लामो दुई लेनको सडक, फुट ट्रेल, नालासहितको पूर्वाधार निर्माण गरिसकेको छ भने एक करोडको लागतमा पानी तथा बिजुलीको समेत व्यवस्था गरिसकेको छ ।’ सिमेका विम जेभीले करिब पाँच अर्बको लागतमा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्मसिटी)को निर्माण हुने गुरुयोजना (मास्टर प्लान) तयार पारिसकेको जानकारी दिँदै फिल्मसिटीका परिकल्पनाकार एवम् अभियन्ता वरिष्ठ कलाकार श्रेष्ठले भन्नुभयो, ‘‘समुद्र सतहदेखि तीन हजार चार सय मिटरको उचाइमा अवस्थित डाङडुङेडाँडामा ७६ दशमलव २५ हेक्टर क्षेत्रफलमा फिल्मसिटी निर्माण गर्नका लागि यो गुरुयोजना तयार भएको हो । पहिलो चरणमा प्रशासनिक भवन, गेस्ट हाउस र प्रवेशद्वारका संरचनाका मात्र तयार भएका छन् ।’ फिल्मको चाप र सङ्ख्याअनुसारको संरचना थप्दै जाने हो भने अन्तिमसम्म करिब १५ अर्ब रुपियाँ खर्च लाग्ने गुरुयोजनाले देखाएको छ । गुरुयोजना अनुसार फिल्मसिटीमा बसोबाससहितको प्रशासनिक भवन, इन्डोर सुटिङ स्टुडियो, पोस्ट प्रडक्सन युनिट, मनुमेन्टल एभिन्यू, गेस्ट हाउस, विभिन्न जातजातिको थिमाटिक भिलेज, हेलिप्याड र करिब ७५ रोपनी क्षेत्रफलमा पोखरी निर्माण हुने छ । त्यस्तै फिल्मसिटीमा पार्किङ, पाँचतारे होटल, ट्रेनिङ सेन्टर र आउटडोर सुटिङका लागि त्यहाँ उपलब्ध प्राकृतिक सम्पदालाई प्रयोग गर्न सकिने गुरुयोजनामा उल्लेख छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) तथा टेक्निकल फिजिविलिटी स्टडी (टीएफएस) र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)सहित सरकारले यो फिल्म सिटीमा १७ करोड ४५ लाख रुपियाँभन्दा बढी खर्च गरिसकेको छ । सरकारको दायित्व र स्वामित्व रहेकाले यथाशक्य थप बजेट विनियोजन गरी निर्माण सम्पन्न गर्न सरकारलाई उहाँले आग्रह गर्नुभयो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...