विशेष चिकित्सक सेवा : सात सयले लिए सेवा

Published on

काठमाडौं । गाउँमा नै विशेष चिकित्सकको सेवा लिन पाएपछि स्याङ्जाको बिरुवाका नागरिक खुसी भएका छन् । नेपाली सेनाको विशेषज्ञ चिकित्सकको टोलीले गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरेको हो ।

पोखरा पुगेर उपचार गर्नुपर्ने उपचार गाउँमा नै पाएपछि विरुवाका नागरिक खुसी भएका हुन् । गाउँमा नै उपचार पाउँदा पैसासँगै समयको पनि बचत भएको उनीहरुको भनाइ छ । विरुवा गाउँपालिका–८ मेथाभुरुङमा दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा झण्डै सात सय जनाले सेवा लिएका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लभ पौड्यालले बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाले सामाजिक उत्तरदायित्वअन्तर्गत विकट ग्रामीण क्षेत्रमा पुगेर स्वास्थ्य शिविर आयोजना गरिएको हो । स्याङ्जाको सिंह शार्दूल गुल्म आँधीखोला व्यारेक स्याङ्जाको समन्वयमा सञ्चालन भएको शिविरमा नेपाली सेनाका चिकित्सक, जिल्ला अस्पताल स्याङ्जाका चिकित्सक लगायतका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिएको आँधीखोला ब्यारेकका प्रमुख पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।शिविरमा विशेषज्ञ चिकित्सकद्वारा हाडजोर्नी, ब्लड प्रेसर, मधुमेह, ग्यास्ट्राइटिस, स्त्रीरोग, बालरोग, चर्मरोग, नाक, कान, घाँटी, आँखा, पेट, छाती तथा मुटु रोग, छाला तथा यौनरोग, नशा रोग र दन्त चिकित्सक सेवाको साथै प्रकोपजन्य रोगको स्वास्थ्य परीक्षण र उपचार गरिएको कार्कीको भनाइ छ । शिविरमा ६ सय ७८ जनाले प्रत्यक्ष विशेषज्ञ चिकित्सकको सेवा पाएका छन् ।

नेपाली सेनाको ३ नं बाहिनी अड्डा र ३ नं फि।ए। गुल्मको सहकार्यमा सेनाको सैनिक अस्पताल पोखरा र ३ नं फि।ए। गुल्मबाट स्वास्थ्यकर्मीहरुको टोली विरुवामा पुगेको हो । शिविरको समापनमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सुशान्त बराल, सशस्त्र प्रहरी बल वालिङ स्याङ्जाका प्रमुख प्रहरी नायब उपरीक्षक देवराज जोशी, गाउँपालिकाका जनप्रतिनिधिलगायतको सहभागिता थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...