विशेष चिकित्सक सेवा : सात सयले लिए सेवा

Published on

काठमाडौं । गाउँमा नै विशेष चिकित्सकको सेवा लिन पाएपछि स्याङ्जाको बिरुवाका नागरिक खुसी भएका छन् । नेपाली सेनाको विशेषज्ञ चिकित्सकको टोलीले गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरेको हो ।

पोखरा पुगेर उपचार गर्नुपर्ने उपचार गाउँमा नै पाएपछि विरुवाका नागरिक खुसी भएका हुन् । गाउँमा नै उपचार पाउँदा पैसासँगै समयको पनि बचत भएको उनीहरुको भनाइ छ । विरुवा गाउँपालिका–८ मेथाभुरुङमा दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा झण्डै सात सय जनाले सेवा लिएका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लभ पौड्यालले बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाले सामाजिक उत्तरदायित्वअन्तर्गत विकट ग्रामीण क्षेत्रमा पुगेर स्वास्थ्य शिविर आयोजना गरिएको हो । स्याङ्जाको सिंह शार्दूल गुल्म आँधीखोला व्यारेक स्याङ्जाको समन्वयमा सञ्चालन भएको शिविरमा नेपाली सेनाका चिकित्सक, जिल्ला अस्पताल स्याङ्जाका चिकित्सक लगायतका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिएको आँधीखोला ब्यारेकका प्रमुख पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।शिविरमा विशेषज्ञ चिकित्सकद्वारा हाडजोर्नी, ब्लड प्रेसर, मधुमेह, ग्यास्ट्राइटिस, स्त्रीरोग, बालरोग, चर्मरोग, नाक, कान, घाँटी, आँखा, पेट, छाती तथा मुटु रोग, छाला तथा यौनरोग, नशा रोग र दन्त चिकित्सक सेवाको साथै प्रकोपजन्य रोगको स्वास्थ्य परीक्षण र उपचार गरिएको कार्कीको भनाइ छ । शिविरमा ६ सय ७८ जनाले प्रत्यक्ष विशेषज्ञ चिकित्सकको सेवा पाएका छन् ।

नेपाली सेनाको ३ नं बाहिनी अड्डा र ३ नं फि।ए। गुल्मको सहकार्यमा सेनाको सैनिक अस्पताल पोखरा र ३ नं फि।ए। गुल्मबाट स्वास्थ्यकर्मीहरुको टोली विरुवामा पुगेको हो । शिविरको समापनमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सुशान्त बराल, सशस्त्र प्रहरी बल वालिङ स्याङ्जाका प्रमुख प्रहरी नायब उपरीक्षक देवराज जोशी, गाउँपालिकाका जनप्रतिनिधिलगायतको सहभागिता थियो । गोरखापत्र

ताजा समाचार

बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

काठमाडौं । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको...

बागमती सफाइ महाअभियान पाँच सय ८५ औँ हप्तामा

काठमाडौं । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती...

सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी...

प्लाइउड निर्यात दोब्बरले बृद्धि

काठमाडौं । गत केही वर्ष यता नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक...