रामसीता मन्दिरलाई ब्रदर्स कपको उपाधि

Published on

काठमाडौं । प्रथम ब्रदर्स कपको उपाधि रामसीता मन्दिरले उचालेको छ । ब्रदर्स युथ सोसाइटी क्लब तम्घासको आयोजनामा सञ्चालित प्रथम ब्रदर्स कप राष्ट्रियस्तरको खुल्ला पुरुष फूटबल प्रतियोगितामा उपाधि प्राप्तिका लागि कोब्रा ग्रूप तम्घास र रामसीता मन्दिर गौंडाकोटबीच प्रतिस्पर्धा भएको हो । खेलमा दुबै समूहले बराबरी गोल गरेपछि रामसीता मन्दिरले पेनाल्टी सुटमा उपाधि जितेको हो । उपाधिसँगै रामसीता मन्दिरले दुई लाख दुई हजार २०२ रुपियाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कोब्रा ग्रूपले एक लाख एक हजार १०१ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका सचिव रवि घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितमा कोब्रा ग्रूपका रुमन श्रेष्ठ बेस्ट डिफेन्डर र सोही ग्रूपका दिवेश छन्तेल बेस्ट स्टाइकर बन्नुभयो । रामसीता मन्दिरका सन्देश खनाल उत्कृष्ट गोलरक्षक र सोही समूहका अनुज गैरे टप स्कोरर बन्नुभयो । रामसीता मन्दिरका मनिष तामाङ प्लेयर अफ टुर्नामेन्ट हुनुभयो । तम्घासको चिदिचौर खेल मैदानमा सञ्चालन भएको प्रथम ब्रदर्स कप राष्ट्रियस्तरको खुल्ला पुरुष फूटबल प्रतियोगितामा दश समूहले भाग लिएका थिए । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...