लागूऔषधसहित दुई युवक पक्रउ

Published on

काठमाडौं । लागूऔषधसहित प्रहरीले तनहुँका दुई युवकलाई पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।

पृथ्वीराजमार्गका मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेका सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा भानु नगरपालिकाको वडा नम्बर १ बस्ने वर्ष २२ को दिपेश परियार र वडा नम्बर ६ बस्ने वर्ष २४ को सलमान मियाँ पक्राउ परेका हुन् । परियारको साथबाट ट्रामाडोल लेखिएको ५७० ट्याब्लेट र मियाको साथबाट ट्यापेनडेटल ४६ ट्याब्लेट बरामद गरिएको छ । तनहुँ जिल्ला अदालतबाट आइतबार म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...