कान्ति लोकपथ आजदेखि दैनिक तीन घण्टा खुल्ने

Published on

काठमाडौं । हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ सोमबारदेखि दैनिक तीन घण्टा खुल्ने भएको छ । सोमबार बिहान ९ बजेदेखि १२ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म कान्ति लोकपथ सडक खुल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बिहान ४ बजेदेखि ९ बजेसम्म र दिउँसो १२ बजेदेखि ६ बजेसम्म सडक बन्द रहने छ । जेठ २५ गतेबाट कान्ति लोकपथ सडक पूर्ण रुपमा सुचारु हुने प्रहरी चौकी भट्टेडाँडा ललितपुरले जानकारी दिएको छ । ललितपुरको बागमती गाउँपालिका–२ रातोभिरमा सडक निर्माण गर्ने क्रममा ढुङ्गा माटो झरेर सडक भासिएकाले सडक पूर्णरुपमा बन्द रहेको थियो । यसअघि मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि सडक बन्द गरिएको थियो । बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठामाडौँसँग जोड्ने कान्ति लोकपथ मकवानपुरको हेटौँडाबाट ठिंगन हुँदै बगुवा, काल्चे, भट्टेडाँडा, तीनपाने, टीकाभैरव हुँदै ललितपुरको सातदोबाटोसम्म पुग्छ । जम्मा ९२ किलोमिटर लम्बाइ रहेको कान्ति लोकपथ २०१३ सालमा शिलान्यास गरिएको थियो । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...