किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

Published on

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले उक्त जघन्य अपराधको घोर भर्त्सना गर्दै दोषीलाई उन्मुक्ति नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदर्शनकारीले आगामी दिनमा यस्ता अमानवीय घटना हुन नदिन सरकारलाई कडा कदम चाल्न दबाब दिएका हुन् । विरोध कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता कविता चन्द सोडारीले हत्या र बलात्कार जस्ता जघन्य अपराधका घटना पुनः दोहोरिन नदिन आवश्यक परे कानुनमा संशोधन गरेर भए पनि कडा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अपराधीहरू उत्साहित हुनुमा जिम्मेवार निकायको फितलो अनुसन्धान र ढाकछोप गर्ने प्रवृत्ति मुख्य कारण रहेको आशङ्का व्यक्त गर्दै आक्रोश समेत प्रकट गर्नुभयो ।

अभियन्ता सोडारीले भन्नुभयो, “सुर्खेतमा घटेको यो घटना निकै दयनीय छ । यस्ता घटना पटक-पटक दोहोरिनुले अपराधीहरू थप उत्साहित भइरहेका हुन् कि भन्ने देखिन्छ । सरकारका जिम्मेवार निकायले यस्ता घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई निमिट्यान्न पार्न नीतिगत रूपमै सुधार गर्नुपर्छ ।” प्रदर्शनमा सहभागीले ‘इनिसालाई न्याय देऊ’, ‘बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर’, ‘दोषीलाई कडा कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । उनीहरूले महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यले शून्य सहनशीलता अपनाउनुपर्ने माग राखेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...