काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ।
आजै साँझ ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। सोमबार भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेल हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछन्।

