काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सफलताको शुभकामना दिएका छन्। उनले एनपीएल नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा विकसित हुँदै गएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन्। उनले नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिता सफल बनाउन योगदान दिएकोमा बधाईसमेत दिएका छन्।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। प्रधानमन्त्री शाहले आजै त्रिवि क्रिकेट मैदान पुगेर प्रतियोगिताको उद्घाटन गर्ने तयारी रहेको जनाइएको छ।

