कोशी प्रदेशको नीति तथा कार्यक्रम आज

Published on

काठमाडौं । कोशी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८१\८२ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले अपराह्न ४ बजे प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने तय भएको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिनुभयो । यसैबिच आजको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । यसअघिका बैठकमा नेपाली कांग्रेस अनुपस्थित रहँदै आएको थियो । प्रदेश प्रमुखले संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै कांग्रेसले सदनमा उपस्थिति जनाइरहेको थिएन ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बसेको बैठकयता प्रदेश सभामा कांग्रेसले उपस्थिति जनाएको छैन । मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनको फैसला आएपछि मात्र प्रदेश सभा बैठकमा उपस्थित हुने बताउँदै आएको कांग्रेस आजको बैठकमा भने सहभागी हुने भएको हो । कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुखयमन्त्री उद्धव थापाले आजदेखिको बैठकमा आफ्नो दल सहभागी हुने जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...