विपन्न परिवारका लागि घर निर्माण

Published on

काठमाडौं । अर्जुनचौपारी गाउँपालिकाले गरिब, असहाय परिवारका लागि घर निर्माण अभियानलाई तीव्र बनाएको छ । दलित उत्थान केन्द्रको व्यवस्थापनमा गाउँपालिकाले गत वर्षदेखि पालिकामा रहेका गरिब, असहाय परिवारको घर, शौचालय, निर्माण गर्ने बिजुलीबत्ती जडान गर्ने कार्यलाई अगाडि बढाएको हो । गाउँपालिकाको आर्थिक सहयोगमा दलित उत्थान केन्द्रले घर निर्माणमा सहजीकरण गर्दै आएको हो । अभियान अन्तर्गत चालु आर्थिक वर्षमा निर्माण गरेका पाँच नयाँ घरमध्ये तीन घर परिवारलाई हस्तान्तरण गरिएको हो । यहाँको वडा नं. ४ दमैचौताराकी ९२ वर्षीय धनकुमारी दर्जी, वडा नं। ५ आरुचौरका ७५ वर्षीय धनबहादुर विक र वडा नं. ५ मुलाबारीकी फूलमाया दर्जीलाई नयाँ घर हस्तान्तरण गरिएको हो । आफ्नो घरबास नहुँदा छिमेकी, आफन्तकोमा आश्रय लिएर बस्दै आएकी दमैचौतारीकी धनकुमारी पालिकाको कामले भावविह्वल हुनुभयो ।

चुहिने घरमै बस्दै आएका पाँच छोरीका बावु धनबहादुरले पानी पर्दा निकै गाह्रो हुने गरेको सम्झनुभयो । धनकुमारीको घर एक लाख १८ हजार रुपियाँ र विकको घर एक लाख ५० रुपियाँ लागतमा निर्माण भएको हो । त्यस्तै फूलमायाको घर एक लाख ५० हजार रुपियाँमा निर्माण भएको हो । घर निर्माणमा दलित उत्थान केन्द्रले सोही बराबर श्रमदान गरेको केन्द्रका अध्यक्ष दीपक सुनारले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पालिकावासी सबैलाई सम्मानजनक रूपमा बस्न पाउने अधिकार रहेको भन्दै विपन्न, गरिब परिवारको साथमा सधैँ पालिका रहेको बताउनुभयो । पालिकाले दलित उत्थान केन्द्रको सहजीकरणमा असहाय तथा गरिब परिवारको घर निर्माण गरी हस्तान्तरण गर्ने योजना गत वर्षबाट सुरु गरेको भन्दै यो अभियान हरेक वर्ष रहने र पालिकावासी कोही पनि बेघर र चुहिने घरमा बस्नुपर्ने अवस्था नआउने अध्यक्ष तिवारीले बताउनुभयो । चालु आवमा आठ वटा शौचालय निर्माण गरिएको छ भने थप पाँच घर निर्माण गरी १० वटा पुयाउने बताइएको छ । पालिकाले दलित उत्थान केन्द्रको सहजीकरणमा गत वर्ष १० विपन्न परिवारलाई घर, १५ शौचालय, ३५ घरमा बिजुली जडान गर्ने, न्यानो कपडा वितरण गर्ने, सिलाइ मेसिन, आरन पेसाका लागि आवश्यक उपकरण तथा औजार वितरण गरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...