अस्पतालमै पुगेर दिइयो नागरिकता

Published on

काठमाडौं । बिदाको दिनमा नागरिकता तथा परिचयपत्र दिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अस्पतालको शय्यामै पुगेर नागरिकता दिएको छ । गत जेठ ८ गते स्याङ्जा बिरुवा गाउँपालिका–५ का विमल शर्मा घाँस झार्ने क्रममा रुखबाट खसेर घाइते हुनुभएको थियो । मेरुदण्ड भाँचिएर पोखरास्थित मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत शर्मालाई शय्यामै पुगेर नागरिकता दिइएको हो । नागरिकता अभावका कारण उपचारका क्रममा पाउने सेवासुविधा लिन असहज अवस्थामा प्रशासनले अस्ताल पुगेर २२ वर्षीय शर्मालाई ४२–०१–८१–००७९३ नम्बरको नागरिकता प्रदान गरेको हो । प्रशासकीय अधिकृत संयोग भट्टराई र नायब सुब्बा रामप्रसाद पौडेलले अस्पतालमा पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।

चिकित्सकले मेरुदण्ड भाँचिएकाले शर्मा हिँडडुल गर्न नमिल्ने भनेपछि भौतिक रूपमा उपस्थित गराउन नसकिने भएकाले अस्पतालमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ । नागरिकको दुःखमा साथ दिने प्रयास मात्र गरेको भन्दै प्रशासकीय अधिकृत भट्टराईले दुःखमा प्रशासन सबैको साथमा रहेको बताउनुभयो । घाइते शर्माले अस्पतालमै नागरिकता पाउँदा खुसी व्यक्त गर्दै आफू जस्तै दुःखमा परेका सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । गोरखापत्र

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...