रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

Published on

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्क चिटिक्क र आकर्षक देखिएको छ।  रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित निर्माण भएको रेसुङ्गा पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। गर्जुरा क्षेत्रबाट देखिने निकै सुन्दर हिमशृङखला र मनमोहक रमणीय वनजङ्गलले त्यहाँ पुग्ने जोकोही पर्यटकहरुको मन लोभ्याउँछ। यहाँबाट विशेषगरी धौलागिरी रेन्ज, अन्नपूर्ण रेन्ज, माछापुच्छ्रे, मनास्लुलगायतका विभिन्न हिमाल देख्न सकिन्छ। पार्कभित्र भ्युटावर, पीङ, पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीको लागि प्ले जोन, पिकनिक स्पोर्ट, शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डस्टबिन लगायत निर्माण गरिएको छ।  पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा पार्क निर्माण गरिएको हो।  पार्क क्षेत्र ३।९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ। आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाएर रेसुङ्गा र तम्घास बजार चहलपहल बढाउने रेसुङ्गा नगरपालिकाले लक्ष्य लिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो। 

पार्कको पाँच करोड ५९ लाख ५३ हजार ५०१ रुपियाँको लागतमा निर्माण भएको छ। सदरमुकाम तम्घासबाट करिब पाँच मिनेटको गाडीको यात्रापछि पार्कमा पुग्न सकिन्छ। सदरमुकाम तम्घासदेखि पार्कसम्म पुग्ने सडक कालोपत्रे गरिएको छ।  पार्क सञ्चालनको लागि रेसुङ्गा नगरपालिकाले तीन कर्मचारी खटाएको छ। पार्क प्रवेश शुल्क विदेशी नागरिकका लागि १५०, नेपाली नागरिकका लागि ५० र ज्येष्ठ नागरिक साथै विद्यार्थीका लागि २० रुपियाँ कायम गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...