मनकामना जाने सडक दश दिन बन्द

Published on

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका अन्तर्गत पर्ने नाम्जुङ – घैरुङ – ताक्लुङ – मनकामना जाने सडक खण्ड १२ दिनको लागि बन्द हुने भएको छ । सहिद लखन गाउँपालिकाको – वडा नम्बर ६ को खगी देखि वडा न ९ को छेलाङगीचोक सम्मको साँढे ३ किलोमिटर सडक खण्ड १० दिनको लागि बन्द हुने भएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनु भयो । उहाँका अनुसार सहिद लखन गाउँपालिका र सङ्घीय समपूरक कोष योजना आयोगको ९ करोड ९८ लाख ७४ हजार २२० रुपैयाँमा लागतको संयुक्त साझेदारीमा सडक कालोपत्रे गर्ने काम भएकाले नाम्जुङ घैरुङ बतासे हुँदै मनकामनामा जाने सवारी आबागमनमा पूर्ण रूपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

सडक बाटो भएर मनकामना दर्शन गर्न जाने यात्रुलाई केही दिनको लागि असहज भएता पनि केही दिन पछि कालोपत्रे सडकबाट भएर घैरुङ ताक्लुङ नाम्जुङ बतासे हुँदै मनकामना आवतजावत गर्न सहज यात्रा बनाइने गाउँपालिकाले विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षरित गरेको बिज्ञाप्तीमा भनिएको छ । जेठ २१ गते देखि जेठ ३२ गते सम्म नाम्जुङ देखि घैरुङ हुँदै मनकामना जाने सडक खण्ड बन्द हुने भएको छ । बाटोको कारण यात्रुलाई पर्न गएको असुविधा प्रति गाउँपालिका सचेत रहेको बताइएको छ । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...