मनकामना जाने सडक दश दिन बन्द

Published on

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका अन्तर्गत पर्ने नाम्जुङ – घैरुङ – ताक्लुङ – मनकामना जाने सडक खण्ड १२ दिनको लागि बन्द हुने भएको छ । सहिद लखन गाउँपालिकाको – वडा नम्बर ६ को खगी देखि वडा न ९ को छेलाङगीचोक सम्मको साँढे ३ किलोमिटर सडक खण्ड १० दिनको लागि बन्द हुने भएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनु भयो । उहाँका अनुसार सहिद लखन गाउँपालिका र सङ्घीय समपूरक कोष योजना आयोगको ९ करोड ९८ लाख ७४ हजार २२० रुपैयाँमा लागतको संयुक्त साझेदारीमा सडक कालोपत्रे गर्ने काम भएकाले नाम्जुङ घैरुङ बतासे हुँदै मनकामनामा जाने सवारी आबागमनमा पूर्ण रूपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

सडक बाटो भएर मनकामना दर्शन गर्न जाने यात्रुलाई केही दिनको लागि असहज भएता पनि केही दिन पछि कालोपत्रे सडकबाट भएर घैरुङ ताक्लुङ नाम्जुङ बतासे हुँदै मनकामना आवतजावत गर्न सहज यात्रा बनाइने गाउँपालिकाले विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षरित गरेको बिज्ञाप्तीमा भनिएको छ । जेठ २१ गते देखि जेठ ३२ गते सम्म नाम्जुङ देखि घैरुङ हुँदै मनकामना जाने सडक खण्ड बन्द हुने भएको छ । बाटोको कारण यात्रुलाई पर्न गएको असुविधा प्रति गाउँपालिका सचेत रहेको बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...