टी–२० विश्वकप : नेपाल १० वर्षपछि सपना पूरा गर्ने बाटोमा

Published on

काठमाडौं । १० वर्षघघि नेपालले टी–२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेट मय बनेको थियो । सोही विश्वकपलाई आधार मानेर नेपाली क्रिकेटले विकासको थप ढोका खोलेको हो ।

भौतिक संरचना निर्माणको हिसावले नेपाली क्रिकेट त्यति माथि जान सकेको छैन । तर, क्रिकेट खेलाडीको निरन्तर लगावले नेपाललाई १० वर्षपछि पुनस् विश्वकपको मैदानमा उतार्न सफल भएको छ । नेपाली क्रिकेट टोलीले एक दशक लामो ब्यग्र पखाईलाई मङ्गलबार अमेरिकाको डालासमा साकार पार्दैछ । नेपाली समय अनुसार राति मङ्गलबार ९:१५ बजे डालासस्थित ग्रान्ड पिएरे मैदानमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले दोस्रो पटक विश्वकप यात्रा तय गर्दैछ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । समूह ‘डी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेदरल्यान्ड्सँग खेल्नका लागि नेपाली टोली उत्साहित रहेको कप्तान रोहित पौडेलले बताउनुभएको छ । खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोहितले विश्वकपको पहिलो खेल खेल्न सबै उत्साहित रहेको बताउनुभयो ।

‘‘१० वर्षमा हामीले फेरि मौका पाउँदै छौँ । नेदरल्यान्ड्ससँग खेल्नका लागि सबै खेलाडी शारिरिक र मानसिक रुपमा तयार छौँ । नेदरल्यान्ड्स ब्यालेन्स टोली हो । हामीले पटक पटक खेलिरहेकोले जित्नका लागि खेल्नेछौँ,’’ रोहितले भन्नुभयो । उहाँले दुवै टोली उस्तै रहेकोले जसले दबाब झेलेर खेल्छ उसैको जित हुने पनि बताउनुभयो । ‘ ‘‘हामी राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौँ । एक महिना देखि यहीको वातावरणमा रहेर तयारी गरिरहका छौँ । वेस्ट इन्डिजको तयारीले पनि केही हौसला थपेको छ । टी–२० मा सबै टोलीलाई अवसर बराबर जस्तै हुन्छ । राम्रो खेल्नेले जित्ने हो । आशा छ, हामी हरेक खेल राम्रो खेल्दै अगाडि बढ्नेछौँ । उहाँले डालासमा नेपाली समर्थकबाट पाउने मायाले टोलीलाई गप उर्जा दिनेपनि बताउनुभयो । उहाँले हरेक खेलमा टसमा जित र हार सर्वेसर्वा नहुने भन्दै सित र घामको अवस्थालाई हेरेर निर्णय गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यस ठाउँमा आएदेखि हामीले माया पाईरहेका छौँ । नेपालीले धेरै समर्थन गरिरहनु भएको छ । हामी समर्थकका लागि खुशी दिन चाहन्छौँ । हाम्रो जितले सबै नेपालीलाई खुशीको अनुभूति दिनेछ । हाम्रो प्रदर्शनले आगामी पुस्तालाई समेत प्रोत्साहन मिलोस् ।’’

डालासको मौसमले भने विश्वकप आयोजकलाई त्यति साथ दिई रहेको छैन । दैनिक पानी परिरहेकोले खेल रोकिने स्थिति पनि आउन सक्ने छ । तर, मङ्गलबार यहाँको मौसक सफा रहने मौसमविद्को भनाइ छ । यसैगरी नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुकले नेपालले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेकोले सजक भएर उत्रले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विश्वकपका लागि हामीले पनि राम्रो तयारी गरेका छौँ । विश्वकपको पहिलो खेल आफैमा महत्वपूर्ण छ । टोलीका सबै खेलाडीपहिलो खेल खेल्न उत्साहित छन्,’’ रायनले भन्नुभयो । नेदरल्यान्ड्स र नेपाल दुवै उस्तै रहेकोले खेल प्रतिस्पर्धात्मक हुने रायनको भनाई छ । नेपाल र नेदरल्यान्ड्सबिच हालसम्म भएको भिडन्तमा नेपाल केही बलियो देखिएको छ । यसअघि दुई टोलीबिच भएको १२ वटा टी(२) भिडन्तमा नेपालले ६ र नेदरल्यान्ड्सले ५ खेलमा जित निकालेको छ । एउटा खेल नतिजाबिहिन बनेको थियो ।

नवौँ संस्करणको यस विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश रहेको छ । यस समूहमा सोमबार दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले हराउँदै विश्वकपमा सुखद् सुरुवात गरेको छ । दक्षिण अफ्रिकाल श्रीलङ्कालाई ७७ रनमा अलआउट गर्दै सहज जित निकालेको हो । नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ । २० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...