टी–२० विश्वकप : नेपाल १० वर्षपछि सपना पूरा गर्ने बाटोमा

Published on

काठमाडौं । १० वर्षघघि नेपालले टी–२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेट मय बनेको थियो । सोही विश्वकपलाई आधार मानेर नेपाली क्रिकेटले विकासको थप ढोका खोलेको हो ।

भौतिक संरचना निर्माणको हिसावले नेपाली क्रिकेट त्यति माथि जान सकेको छैन । तर, क्रिकेट खेलाडीको निरन्तर लगावले नेपाललाई १० वर्षपछि पुनस् विश्वकपको मैदानमा उतार्न सफल भएको छ । नेपाली क्रिकेट टोलीले एक दशक लामो ब्यग्र पखाईलाई मङ्गलबार अमेरिकाको डालासमा साकार पार्दैछ । नेपाली समय अनुसार राति मङ्गलबार ९:१५ बजे डालासस्थित ग्रान्ड पिएरे मैदानमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले दोस्रो पटक विश्वकप यात्रा तय गर्दैछ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । समूह ‘डी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेदरल्यान्ड्सँग खेल्नका लागि नेपाली टोली उत्साहित रहेको कप्तान रोहित पौडेलले बताउनुभएको छ । खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोहितले विश्वकपको पहिलो खेल खेल्न सबै उत्साहित रहेको बताउनुभयो ।

‘‘१० वर्षमा हामीले फेरि मौका पाउँदै छौँ । नेदरल्यान्ड्ससँग खेल्नका लागि सबै खेलाडी शारिरिक र मानसिक रुपमा तयार छौँ । नेदरल्यान्ड्स ब्यालेन्स टोली हो । हामीले पटक पटक खेलिरहेकोले जित्नका लागि खेल्नेछौँ,’’ रोहितले भन्नुभयो । उहाँले दुवै टोली उस्तै रहेकोले जसले दबाब झेलेर खेल्छ उसैको जित हुने पनि बताउनुभयो । ‘ ‘‘हामी राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौँ । एक महिना देखि यहीको वातावरणमा रहेर तयारी गरिरहका छौँ । वेस्ट इन्डिजको तयारीले पनि केही हौसला थपेको छ । टी–२० मा सबै टोलीलाई अवसर बराबर जस्तै हुन्छ । राम्रो खेल्नेले जित्ने हो । आशा छ, हामी हरेक खेल राम्रो खेल्दै अगाडि बढ्नेछौँ । उहाँले डालासमा नेपाली समर्थकबाट पाउने मायाले टोलीलाई गप उर्जा दिनेपनि बताउनुभयो । उहाँले हरेक खेलमा टसमा जित र हार सर्वेसर्वा नहुने भन्दै सित र घामको अवस्थालाई हेरेर निर्णय गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यस ठाउँमा आएदेखि हामीले माया पाईरहेका छौँ । नेपालीले धेरै समर्थन गरिरहनु भएको छ । हामी समर्थकका लागि खुशी दिन चाहन्छौँ । हाम्रो जितले सबै नेपालीलाई खुशीको अनुभूति दिनेछ । हाम्रो प्रदर्शनले आगामी पुस्तालाई समेत प्रोत्साहन मिलोस् ।’’

डालासको मौसमले भने विश्वकप आयोजकलाई त्यति साथ दिई रहेको छैन । दैनिक पानी परिरहेकोले खेल रोकिने स्थिति पनि आउन सक्ने छ । तर, मङ्गलबार यहाँको मौसक सफा रहने मौसमविद्को भनाइ छ । यसैगरी नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुकले नेपालले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेकोले सजक भएर उत्रले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विश्वकपका लागि हामीले पनि राम्रो तयारी गरेका छौँ । विश्वकपको पहिलो खेल आफैमा महत्वपूर्ण छ । टोलीका सबै खेलाडीपहिलो खेल खेल्न उत्साहित छन्,’’ रायनले भन्नुभयो । नेदरल्यान्ड्स र नेपाल दुवै उस्तै रहेकोले खेल प्रतिस्पर्धात्मक हुने रायनको भनाई छ । नेपाल र नेदरल्यान्ड्सबिच हालसम्म भएको भिडन्तमा नेपाल केही बलियो देखिएको छ । यसअघि दुई टोलीबिच भएको १२ वटा टी(२) भिडन्तमा नेपालले ६ र नेदरल्यान्ड्सले ५ खेलमा जित निकालेको छ । एउटा खेल नतिजाबिहिन बनेको थियो ।

नवौँ संस्करणको यस विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश रहेको छ । यस समूहमा सोमबार दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले हराउँदै विश्वकपमा सुखद् सुरुवात गरेको छ । दक्षिण अफ्रिकाल श्रीलङ्कालाई ७७ रनमा अलआउट गर्दै सहज जित निकालेको हो । नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ । २० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...