पाँच महिनामा भित्रिए पाँच लाख विदेशी पर्यटक

Published on

काठमाडौं । सन् २०२४ को पाँच महिनामा पाँच लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ को जनवरीदेखि मेसम्म पाँच लाख छ हजार २८० पर्यटक नेपाल आएका हुन् । तीमध्ये मे महिनामा मात्रै ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् । बोर्ड निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “यो वर्ष नेपाल भित्रिएका विदेशी पर्यटकमध्ये पहिलो स्थानमा भारतीय र दोस्रोमा अमेरिकी छन् । यसअघि दोस्रो ठुलो बजार रहेको चिनियाँ पर्यटक बढाउन सके सरकारले आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्टाउन सहज देखिन्छ । हाल नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या ४२ प्रतिशत रहेको र चिनियाँ पर्यटकको सङ्ख्या नौ प्रतिशत मात्रै रहेकाले सन् २०२४ भित्र चिनियाँ पर्यटकको सङ्ख्या १२ देखि १५ प्रतिशतसम्म पुग्ने गरी प्रवर्धन भइरहेको उहाँले बताउनुभयो ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...