भारतीय निर्वाचन : ६४ करोड २० लाख मतको गणना सुरु

Published on

काठमाडौं । भारतको निर्वाचन आयोगले मङ्गलबारदेखि भर्खरै सम्पन्न चुनावको मत गणना सुरु गरेको छ । सातौँ चरणमा सम्पन्न भएको ६४ करोड २० लाख मतको गणना गर्न थालेको निर्वाचन आयोगले जनाएको छ । विगतका वर्षमा, मतका प्रमुख प्रवृत्तिस्पष्ट भएका छन्, हारेकाहरूले हार स्वीकार गरे पनि पूर्ण र अन्तिम परिणाम मङ्गलबार रातिसम्म मात्र आइसक्नेछ । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) भारतको चुनावमा एक चौथाइ मत गणनामा ३९।३ प्रतिशत मतका साथ पहिलो स्थानमा रहेको राष्ट्रिय निर्वाचन आयोगको तथ्याङ्कले मङ्गलबार देखाएको छ । तल्लो सदनमा संसदीय बहुमतका लागि आवश्यक दुई सय ७२ भन्दाबढी सिटमा भाजपा र यस गठबन्धन सहयोगी कम्तीमा दुई सय ८१ सिटमा अगाडि रहेको आयोगको तथ्याङ्कले देखाएको छ ।

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा छ हप्ता लामो चुनावपछि एक्जिट पोलले मोदी विजयको बाटोमा रहेको देखाएको आकलन गरिएको छ । मोदीले आफू पहिलो पटक प्रधानमन्त्री बनेको एक दशकपछि आफ्नो सरकारलाई पुनः निर्वाचित गर्न भारतका जनताले उल्लेख्य सङ्ख्यामा मतदान गरेको कुरामा विश्वस्त रहेको बताउनुभएको छ । बढ्दो हिन्दु राष्ट्रवादी भावनाप्रति मोदीको अपिलले उनलाई सत्तामा तेस्रो कार्यकाल दिने पर्यवेक्षक विश्वास गर्छन् । मत इलेकट्रोनिक मतदान मेसिनमा खसालिएको थियो, त्यसैले गणना सम्भवतः छिटो हुनेछ, परिणाम प्रत्येक घण्टामा आउने अपेक्षा गरिएको छ । प्रत्येक राज्यका प्रमुख केन्द्रमा मङ्गलबार बिहान गणना सुरु गरी कम्प्युटरमा डाटा समावेश गरिएको छ । जनताले भारतीय लोकतन्त्र शक्तिको बारेमा जान्नुपर्ने बताउँदै मुख्य निर्वाचन आयुक्त राजीवकुमारले सोमबार बलियो गणना प्रक्रिया भएको जनाएका छन् ।

परिणामले एक्जिट पोलको भविष्यवाणीलाई प्रतिबिम्बित गर्छ भने मोदी भाजपाको मुख्यालयमा उत्सव मनाइने अपेक्षा गरिएको छ । विजयी पद दुई सय ७२ सिटको साधारण बहुमत हो भने सन् २०१९ चुनावमा भाजपाले तीन सय ३ सिट जितेको थियो । व्यापक गर्मीको बिचमा भएको यो मतदानलाई निर्वाचन प्रमुख कुमारले सोमबार “विश्व रेकर्ड” घोषणा गरे । सोमबार पश्चिम बङ्गाल राज्यका दुईवटा स्टेसनमा पुनः मतदान भएको हुनाले अन्तिम मतदाताको तथ्याङ्क भने अझै जारी हुनसकेको छैन । विश्लेषकले आंशिकरूपमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको उत्तरी भारतमा बढ्दो गर्मीको लहरले कम मतदान भएको आरोप लगाएका छन् । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...