चिनियाँ पर्यटकलाई नेपाल भ्रमणको निम्तो

Published on

काठमाडौं । होटल सङ्घ नेपाल (हान) ले चिनियाँ पर्यटक भित्र्याउन र चिनियाँ पर्यटन व्यवसायीबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यले चीनको राजधानी बेइजिङमा नेपाल पवर्धनात्मक कार्यक्रमको आयोजना गरेको छ ।

बेइजिङस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बोल्दै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्नुभएको छ । हानका महासचिव तथा प्रवक्ता साजन शाक्यका अनुसार नेपाल आउने पर्यटकको दोस्रो ठुलो बजार चीनबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यसहित पवर्धनात्मक कार्यक्रम आयोजना गरिएको हो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकाले यस क्षेत्रको विकासमा चिनियाँ उद्यमीसँगको सहकार्य फलदायी हुने अपेक्षासहित हानको टोलीले बेइजिङ र छेन्दुमा प्रर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिरहेको हो ।”

बेइजिङमा आयोजना गरिएको कार्यक्रममा हानका अध्यक्ष विनायक शाहले नेपालको पर्यटन उद्योग तथा उपलब्ध सुविधाबारे जानकारी दिँदै नेपाल चीन सम्बन्ध र पर्यटन, नेपालका रैथाने परिकारबारे जानकारी दिएको उहाँले बताउनुभयो । कार्यक्रमले चीनका पर्यटन व्यवसायीबिच निरन्तर सम्पर्क स्थापित हुनुपर्नेमा जोड दिएको उहाँको भनाइ छ । उक्त कार्यक्रममा नेपाली भूमिबाट सगरमाथा आरोहण गरेका १५ चिनियाँ पर्वतारोहीलाई सम्मान गरिएको छ । हानका अध्यक्ष शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटलहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलले चाइना होटल सङ्घसँग दुईपक्षीय पर्यटन प्रवर्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...