पैदल हिँडेरै सगरमाथाको चुचुरोमा

Published on

‘काठमाडौं । लामा दाइ’ का नामले परिचित पेसेवर ट्रेकिङ गाइड राजेश लामाले काठमाडौँबाट पैदलयात्रा गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले काठमाडौँबाट पैदल हिँडेको ५७ औँ दिनमा सगरमाथाको चुचुरोमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “अप्रिल १ मा काठमाडौँबाट पैदलयात्रा थालेर चुनौतीपूर्ण भूभाग पार गरेर १५ दिनमा लुक्ला पुगेँ । यात्राको २४ औँ दिनमा सगरमाथा आधार शिविर पुगेर आरोहणको तयारीमा लागेँ ।

आरोहण अभ्यासकै क्रममा अप्रिल २७ मा लबुचे शिखर चढेको बताउँदै उहाँले मे १५ मा सगरमाथा आधार शिविरबाट पाँच दिनको आरोहणपछि सगरमाथाको चुचुरोमा पुगेको बताउनुभयो । ५७ दिनको यात्राको अवधिमा कुल ४३२.६ किलोमिटर दुरी पार गरेको उहाँले जानकारी दिनुभयो । नेपालको पर्यटन उद्योगमा एक दशकभन्दा बढी समयदेखि सक्रिय उहाँ अनुभव प्राप्त पेसेवर ट्रेकिङ गाइड हुनुहुन्छ । सन् २००९ देखि उहाँले ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका उहाँलाई सगरमाथाको पैदलयात्रामा नर्थ फेस नेपालले सहयोग गरेको थियो । कार्यक्रममा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले जलवायु परिर्वतनका कारण हिमालमा पारेको असर न्यूनीकरण गर्न हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । हिमालका सम्भावनालाई उजागर गर्दै दिगो पर्वतीय अवधारणामा जोड दिन आवश्यक रहेको बताउँदै उहाँले जलवायु परिवर्तनकै कारण हिमाल, हिमनदी र हिमतालमा पुगेको असरले हिमाली वनस्पति, जीवजन्तु, चराचुरुङ्गीलगायत रैथाने बालीमा सङ्कट निम्तिरहेको जानकारी दिनुभयो ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...