जलवायु परिवर्तनबाट कृषिलाई जोगाउन क्लाइमेट स्मार्ट प्रविधि

Published on

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जलवायु परिवर्तनबाट कृषिलाई जोगाउनका लागि स्मार्ट कृषि प्रविधिहरू सिफारिस गरेको छ । विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु परिवर्तनका कारण कृषि क्षेत्र जोगाउन चुनौती बढिरहेको छ । जलवायु परिवर्तनबाट कृषिलाई जोगाउन नसकेमा सन् २०५० सम्म २.२५ प्रतिशत कुल गार्हस्थ उत्पादन (जिडिपी) घट्न सक्ने कृषि वैज्ञानिकले बताउनुभएको छ । जलवायु परिवर्तनबाट कृषिलाई जोगाउनका लागि कृषि मन्त्रालयले विभिन्न प्रविधिको सिफारिस गरेको छ । कृषि मन्त्रालय अन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले विश्व वातावरण दिवसको अवसरमा मङ्गलबार आयोजित ‘जलवायु परिवर्तन जोखिम न्यूनीकरणका लागि क्लाइमेट स्मार्ट’ अन्तर्क्रिया कार्यक्रममार्फत त्यसका बारेमा जानकारी गराइएको हो ।

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा। ध्रुवराज भट्टराईले जलवायु परिवर्तनले गर्दा कृषि क्षेत्रमा ठुलो चुनौती थपिएको छ, त्यस चुनौतीलाई सामना गर्नका लागि विभिन्न प्रविधिको विकास भएको बताउनुभयो । जलवायु परिवर्तनबाट कृषिलाई जोगाउन स्मार्ट कृषि प्रविधि सिफारिस गरिएको छ, जसले कृषि क्षेत्रलाई धेरै हदसम्म जोगाउने उहाँले बताउनुभयो । नार्कले विभिन्न स्मार्ट कृषिको विकास गरेको छ तर प्रचारप्रसारका अभावका कारण किसानसम्म नपुगेको बताउनुभयो । मौसम स्मार्ट, सिँचाइ स्मार्ट, खाद्य तत्व स्मार्ट, ऊर्जा स्मार्ट र एकीकृत शत्रुजीव व्यवस्थापनलगायतका स्मार्ट कृषि प्रविधि सिफारिस गरिएको बताउँदै उहाँले किसानले यसलाई प्रयोगमा ल्याए भने जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो । क्लाइमेट स्मार्ट प्रविधि प्रयोग गरेका उत्पादनमा वृद्धि, जलवायु अनुकूलन क्षमतामा सुधार र हरितगृह ग्यास उत्सर्जनमा कमी हुने विश्वास गरिएको केन्द्रका प्रमुख भट्टराईले जानकारी दिनुभयो । मौसम स्मार्टभित्र मौसम अनुकूल बालीका जातहरू, प्लास्टिक घर वा संरक्षित खेती प्रविधि र मौसम बुलेटिन पर्छ । सिँचाइ स्मार्ट अन्तर्गत वर्षाको पानी सङ्कलन तथा प्रयोग र थोपा सिँचाइ पर्ने गरेको प्रमुख भट्टराईले बताउनुभयो ।

खाद्यतìव स्मार्ट अन्तर्गत हरियो मल, गोठ सुधार र भर्मी कम्पोस्ट मललगायत पर्दछ । ऊर्जा स्मार्टमा शून्य खनजोत तथा सौर्य पम्प पर्छ । बालीनालीमा लाग्ने किरा धपाउन घरेलु विषादी प्रयोग गर्नु पर्छ । नार्कका योजना तथा समन्वय निर्देशक डा। लुमानिधि पाण्डेले नपालमा जलवायु परिवर्तनका असरहरू कृषि क्षेत्रमा स्पष्ट रूपमा देखिन थालेको बताउँदै जलवायु परिवर्तनले निम्त्याएको समस्यालाई तत्काल समाधान गर्दै दीर्घकालीन रूपमा जलवायु अनुकूलन हुन सक्ने क्षमता भएका प्रविधि विकास र प्रवर्धन गर्नु आवश्यकता रहेको बताउनुभयो । राष्ट्रिय अभियानका रूपमा क्लाइमेट स्मार्ट कृृषि प्रविधि उन्मुख विकास, दिगो खाद्य सुरक्षासहितको जीवनशैली अपनाउन जति सक्दो चाँडो पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...