‘प्राकृतिक स्रोतको अत्यधिक दोहन नगरौँ’

Published on

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, अविवेकी उपभोग र अव्यवस्थित विकास निर्माणका गतिविधि गर्न नहुनेमा जोड दिनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले प्राकृतिक स्रोतका अत्यधिक दोहन र अविवेकी उपयोगले वातावरणमा असामान्य असन्तुलन उत्पन्न भई वायु प्रदूषण, जैविक विविधताको नास, जलवायु परिवर्तनजस्ता सङ्कट भोग्न बाध्य हुनुपरेको वास्तविकता औँल्याउनुभएको छ । सन्देशमा उहाँले “जलवायु परिवर्तनले विश्वव्यापी सङ्कटको स्वरुप ग्रहण गरिरहेको परिवेशमा दिगो परिस्थितिकीय प्रणालीको संरक्षण गर्दै प्रकृति र मानवबीचको अहअस्तित्व कायम राख्न आज नागरिक समाज, निजी क्षेत्र र सबै तहका सरकारहरू जिम्मेवार बन्न जरुरी छ ।

यसका लागि एकातिर इनार, पोखरी, नदी, ताललगायत पानीका स्रोतहरूको संरक्षण, जमिनमुनिको पानीको दिगो सदुपयोग र पुनःभरण, जैविकखेती प्रणालीको प्रवर्द्धन, विद्युतीय चुलो र सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ भने अर्कोतिर विषादी एवं करेन्ट प्रयोग गरी माछा मार्ने कार्यमा रोक, डढेलो लगाउने प्रवृत्तिमाथि रोक, प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा न्यूनीकरण तथा व्यवस्थापनजस्ता आधारभूत विषयलाई चक्रीय अर्थतन्त्रको सिद्धान्तअनुसार जीवनको अभिन्न अङ्गको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ”, भन्नुभएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...