शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाइ

Published on

काठमाडौं । नागरिकका गुनासो छिटो सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शासकीय सुधार एकाइ गठन गरिएको छ । मन्त्रालयका प्रशासन महाशाखा सहसचिव सुमन घिमिरेको नेतृत्वमा गठन गरिएको एकाइको सदस्यहरूमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शासकीय सुधार हेर्ने उपमहानिर्देशक, आर्थिक प्रशासन शाखा, योजना तथा बजेट शाखा र कानुन तथा फैसला कार्यान्वयन शाखाका प्रमुख सदस्य रहने मन्त्रालयले जनाएको छ ।

त्यस्तै पाठ्यक्रम विकास केन्द्रका उपसचिव, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले तोकेका उपनिर्देशक र आन्तरिक व्यवस्थापन शाखाका प्रमुख पनि सदस्य रहने मन्त्रालयले जनाएको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ मा भएको व्यवस्था अनुसार एकाइको गठन गरिएको हो । उक्त ऐनको दफा २९ मा यस्तो व्यवस्था छ । शासकीय सुधारको मान्यता अनुरूप मन्त्रालयबाट सम्पादन हुने कार्यलाई सुधार गर्ने नीति एकाइले लिएको छ । एकाइमार्फत मन्त्रालयसँग सम्बन्धित कामका विषयमा गुनासो प्राप्त भएको १५ दिनभित्र सम्बोधन गर्ने र वेबसाइटमार्फत विवरण सार्वजनिक गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताउनुभयो । मन्त्रालयबाट सम्पादन हुने कामसम्बन्धी कानुन, नीति र कार्यविधि निर्माण एवं सुधारका लागि सूचना, सल्लाह र पृष्ठपोषण उपलब्ध गराउने काम पनि एकाइले गर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै सार्वजनिक प्रशासन र व्यवस्थापनका नवीनतम मान्यताको प्रयोगबाट कार्यालयको कार्यसम्पादनको गुणस्तरमा सुधार ल्याउन प्रयासरत रहने, शासकीय सुधारको सम्बन्धमा तालिम, गोष्ठी र अन्तर्क्रिया सञ्चालन गर्ने काम पनि एकाइले गर्ने छ । एकाइले हरेक महिना कार्यप्रगति विवरण मन्त्रालयका सचिव र मन्त्रीसमक्ष पेस गर्ने छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...