विशेषमा मुद्दा फर्स्योट तीव्र

Published on

काठमाडौं । विशेष अदालतले मुद्दा फर्स्योटमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । विशेषले दर्ता अनुपातमा पहिलो पटक मुद्दा सङ्ख्या तीव्र रूपमा घटाएको छ । जेठ २० गते यता १०४ थान मुद्दा मात्र अब विशेषमा विचाराधीन छन् ।

विशेष अदालतमा दायर मुद्दा छ महिनाभित्र फर्स्योट गर्नुपर्ने कानुनी व्यवस्था छ । कानुनले तोकेको समयसीमाभित्र मुद्दा सक्ने लक्ष्य पछिल्लो समय अदालतले लिएको छ । इजलास व्यवस्थापन र म्याद तामेललगायतका प्रशासनिक काममा अदालतले दिएको तदारुकताले मुद्दा फस्र्योटमा शीघ्रता आएको हो । अहिले विशेषले सकेसम्म उपत्यकाका हकमा आफैँले म्याद तामेलको नीति लिएको छ । यस्तै उपत्यकाबाहिर पनि नियमित अनुगमन गरिरहेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताउनुभयो । रेग्मीले भन्नुभयो, “मुद्दामा अङ्ग पुग्यो भने फैसला छिटो हुने हो । प्रतिवादी हाजिर हुने अवस्था (उपस्थिति) ले पनि कतिपय अवस्थामा फरक पार्छ । अहिले श्रीमान्हरू पनि कुनै दिन बेलुका ८:९ बजेसम्म बसेर काम गर्नुभएको छ । ऐनले छ महिनाभित्र टुङ्गोमा पुयाउने भन्छ, त्यसमा श्रीमान्हरूको प्रतिबद्धता नै छ ।”

न्यायपरिषद्को सिफारिसमा २०८० साल मङ्सिर १३ गतेको मन्त्रीपरिषद्ले अध्यक्ष टेकनारायण कुँवरसहितका छ न्यायाधीशलाई विशेष अदालतको कामकाजमा तोकेको थियो । त्यसयता उक्त समूहले मङ्गलबार (जेठ २२) गतेसम्म ३३९ थान मुद्दा फस्र्योट गरेको छ । चालु आर्थिक वर्ष २०८०\८१ भरिमा मुद्दाको कुल फस्र्योट ४४१ पुगेको छ । कुँवर नेतृत्वका टोली विशेषमा आउँदाको लगत भने ४३४ रहेको छ । सूचना अधिकारी रेग्मीका अनुसार विशेषमा अब दुई वर्ष नाघेको मुद्दा एक थान मात्र बाँकी छ । विचाराधीनमध्ये गैरकानुनी सम्पत्ति आर्जनमा १३ मुद्दा छन् । जसमा दुई वर्ष नाघेका मुद्दा बाँकी छैनन् । यस्तै निर्णयगत अनियमिततामा ६२ थान मुद्दा छन् । जसमा दुई वर्ष नाघेको एउटा मुद्दा छ । नक्कली प्रमाणपत्रका मुद्दा १३ थान बाँकी छन् । घुस तथा रिसवतका मुद्दा १२ थान बाँकी छन् । सम्पत्ति शुद्धीकरणका छ थान मुद्दा विशेषमा विचाराधीन छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...