विशेषमा मुद्दा फर्स्योट तीव्र

Published on

काठमाडौं । विशेष अदालतले मुद्दा फर्स्योटमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । विशेषले दर्ता अनुपातमा पहिलो पटक मुद्दा सङ्ख्या तीव्र रूपमा घटाएको छ । जेठ २० गते यता १०४ थान मुद्दा मात्र अब विशेषमा विचाराधीन छन् ।

विशेष अदालतमा दायर मुद्दा छ महिनाभित्र फर्स्योट गर्नुपर्ने कानुनी व्यवस्था छ । कानुनले तोकेको समयसीमाभित्र मुद्दा सक्ने लक्ष्य पछिल्लो समय अदालतले लिएको छ । इजलास व्यवस्थापन र म्याद तामेललगायतका प्रशासनिक काममा अदालतले दिएको तदारुकताले मुद्दा फस्र्योटमा शीघ्रता आएको हो । अहिले विशेषले सकेसम्म उपत्यकाका हकमा आफैँले म्याद तामेलको नीति लिएको छ । यस्तै उपत्यकाबाहिर पनि नियमित अनुगमन गरिरहेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताउनुभयो । रेग्मीले भन्नुभयो, “मुद्दामा अङ्ग पुग्यो भने फैसला छिटो हुने हो । प्रतिवादी हाजिर हुने अवस्था (उपस्थिति) ले पनि कतिपय अवस्थामा फरक पार्छ । अहिले श्रीमान्हरू पनि कुनै दिन बेलुका ८:९ बजेसम्म बसेर काम गर्नुभएको छ । ऐनले छ महिनाभित्र टुङ्गोमा पुयाउने भन्छ, त्यसमा श्रीमान्हरूको प्रतिबद्धता नै छ ।”

न्यायपरिषद्को सिफारिसमा २०८० साल मङ्सिर १३ गतेको मन्त्रीपरिषद्ले अध्यक्ष टेकनारायण कुँवरसहितका छ न्यायाधीशलाई विशेष अदालतको कामकाजमा तोकेको थियो । त्यसयता उक्त समूहले मङ्गलबार (जेठ २२) गतेसम्म ३३९ थान मुद्दा फस्र्योट गरेको छ । चालु आर्थिक वर्ष २०८०\८१ भरिमा मुद्दाको कुल फस्र्योट ४४१ पुगेको छ । कुँवर नेतृत्वका टोली विशेषमा आउँदाको लगत भने ४३४ रहेको छ । सूचना अधिकारी रेग्मीका अनुसार विशेषमा अब दुई वर्ष नाघेको मुद्दा एक थान मात्र बाँकी छ । विचाराधीनमध्ये गैरकानुनी सम्पत्ति आर्जनमा १३ मुद्दा छन् । जसमा दुई वर्ष नाघेका मुद्दा बाँकी छैनन् । यस्तै निर्णयगत अनियमिततामा ६२ थान मुद्दा छन् । जसमा दुई वर्ष नाघेको एउटा मुद्दा छ । नक्कली प्रमाणपत्रका मुद्दा १३ थान बाँकी छन् । घुस तथा रिसवतका मुद्दा १२ थान बाँकी छन् । सम्पत्ति शुद्धीकरणका छ थान मुद्दा विशेषमा विचाराधीन छन् ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...