टी-२० विश्वकपमा आज तीन खेल हुदै

Published on

काठमाडौँ  जारी आइसीसी टी-२० विश्वकपमा आज तीन खेल हुदै छन् ।

आज पहिलो खेल समुह सी मा रहेका पीएनजी र युगाण्डाबीच हुने छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा पीएनजी र युगाण्डा दुवैले अ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । 

त्यस्तै आज दोस्रो खेल समुह बी मा रहेका अस्ट्रेलिया र ओमानबीच हुने छ । वार्बाडोसस्थित किंग्सटेन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि हुने छ । यस विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने ओमानले आफ्नो पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ । यो अस्ट्रेलिया र ओमानले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेट हो ।

त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गतको अमेरिका र पाकिस्तानबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ । यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ ।
 

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...