इन्जिनियर प्रवीण कैनी मृत्यु प्रकरण : परिवारले बुझेनन् शव

Published on

काठमाडौं । पृथ्वीराजमार्ग मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत पूर्वि खण्डको सडक विस्तार आयोजनाको ट्याङ्करको ठक्करबाट मृत्यु भएका तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर २९ वर्षीय प्रवीण कैनीको परिवारले चौथो दिनसम्म पनि शव बुझेका छैनन् । दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार पनि धर्ना दिने तथा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, सवारी चालक र घटना ढाकछोप गर्ने दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै तीन दिन अघिदेखि बिहान १० बजेदेखि नै प्रशासन कार्यालयको गेटमा धर्ना दिएका हुन् ।

उनिहरुले दोषीलाई र घटनाको ढाकछोप गर्न प्रमाण लुकाउन घटनास्थल माटो थुपर्न लगाउनेलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै आएका छन् । घटनाको छानविन र अनुसन्धान गरी छानविनको नतिजा अनुसार प्रचलित कानुन बमोजिम दोषीलाई हदैसम्मको सजाय र मृतकका आफन्तहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्ने सहमति भएको थियो । सहमतिपछि अबरुद्ध राजमार्ग सूचारु गरिएको भए पनि माग पूरा नभएको आन्दोलन गर्नुपरेको व्यास नगरपालिका–११ पोल्याङ निवासी आशिष कैनीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुन बमोजिम दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सोमबार रातीबाट अवरोध हटेको थियो । व्यास नगरपालिका–१२ कमलबारी निवासी इन्जिनियर कैनीलाई चालकले ब्याग गरेर मारेको भन्दै स्थानीय बासिन्दाले यातयात अवरोध गरेका थिए ।

डुम्रेबाट दमौली जाँदै गरेको बा.प्र.०१ –००१ नम्बरको पानी ट्याङकर र सोही दिशातर्फ आउँदै गरेको ग१९प ८३०३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो २ बजे ठक्कर दिँदा इन्जिनिय कैनीको मृत्यु भएको थियो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ट्याङ्करले ब्याक गरेर ठक्कर दिँदा कैनीको घटनास्थलमै मृत्यु भएको थियो । दुवैपक्षलाई वार्तामा राखेर समस्या समाधानको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिनुभयो । क्षतिपूर्तिका लागि ठुलो रकमको माग गरिएकाले वार्ता सफल हुन नसकेको प्रजिअ गौतमले जानकारी दिनुभयो । दोषीलाई कारबाही पीडितलाई उचित क्षतिपूर्तिको माग राख्दै व्यास नगरपालिकाका कर्मचारीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यास नगरपालिकाका वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत कुमारकन्चन जिसीले ज्ञापनपत्र बुझाउनु भएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...