इन्जिनियर प्रवीण कैनी मृत्यु प्रकरण : परिवारले बुझेनन् शव

Published on

काठमाडौं । पृथ्वीराजमार्ग मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत पूर्वि खण्डको सडक विस्तार आयोजनाको ट्याङ्करको ठक्करबाट मृत्यु भएका तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर २९ वर्षीय प्रवीण कैनीको परिवारले चौथो दिनसम्म पनि शव बुझेका छैनन् । दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार पनि धर्ना दिने तथा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, सवारी चालक र घटना ढाकछोप गर्ने दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै तीन दिन अघिदेखि बिहान १० बजेदेखि नै प्रशासन कार्यालयको गेटमा धर्ना दिएका हुन् ।

उनिहरुले दोषीलाई र घटनाको ढाकछोप गर्न प्रमाण लुकाउन घटनास्थल माटो थुपर्न लगाउनेलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै आएका छन् । घटनाको छानविन र अनुसन्धान गरी छानविनको नतिजा अनुसार प्रचलित कानुन बमोजिम दोषीलाई हदैसम्मको सजाय र मृतकका आफन्तहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्ने सहमति भएको थियो । सहमतिपछि अबरुद्ध राजमार्ग सूचारु गरिएको भए पनि माग पूरा नभएको आन्दोलन गर्नुपरेको व्यास नगरपालिका–११ पोल्याङ निवासी आशिष कैनीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुन बमोजिम दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सोमबार रातीबाट अवरोध हटेको थियो । व्यास नगरपालिका–१२ कमलबारी निवासी इन्जिनियर कैनीलाई चालकले ब्याग गरेर मारेको भन्दै स्थानीय बासिन्दाले यातयात अवरोध गरेका थिए ।

डुम्रेबाट दमौली जाँदै गरेको बा.प्र.०१ –००१ नम्बरको पानी ट्याङकर र सोही दिशातर्फ आउँदै गरेको ग१९प ८३०३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो २ बजे ठक्कर दिँदा इन्जिनिय कैनीको मृत्यु भएको थियो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ट्याङ्करले ब्याक गरेर ठक्कर दिँदा कैनीको घटनास्थलमै मृत्यु भएको थियो । दुवैपक्षलाई वार्तामा राखेर समस्या समाधानको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिनुभयो । क्षतिपूर्तिका लागि ठुलो रकमको माग गरिएकाले वार्ता सफल हुन नसकेको प्रजिअ गौतमले जानकारी दिनुभयो । दोषीलाई कारबाही पीडितलाई उचित क्षतिपूर्तिको माग राख्दै व्यास नगरपालिकाका कर्मचारीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यास नगरपालिकाका वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत कुमारकन्चन जिसीले ज्ञापनपत्र बुझाउनु भएको हो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...