‘घर भित्रबाट हटाउनुपर्छ महिलामाथिको हिंसा’

Published on

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलामाथिको हिंसा र विभेद घरभित्रबाटै हटाउनुपर्ने बताउनु भएको छ ।

अन्तरजातीय विवाहले दलित महिलामाथि हुने हिंसाको असरबारे दलित महिला संघले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रम उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री चौधरीले भन्नुभयो, “तराईका डोम र मुसहर महिलाबाट विभेदको अन्त्यको काम सुरु गर्नुपर्छ । उहाँहरुलाई आत्मनिर्भर बनाउन परम्परागत पेशालाई आधुनिकीकरण गर्ने कार्यक्रम मन्त्रालयले ल्याउँछ । दलित महिला संघका अनुसार कास्की, बाँके, कैलाली, सिरहालगायतका जिल्लाका १२० अन्तरजातीय विवाहित जोडीमा गरिएको अध्ययनमा ७१ प्रतिशतले डर धम्की र त्रासमा जीवन विताइरहेका छन् । उनीहरुले सुरक्षित अनुभूति गर्न नसकिरहेको संघकी संस्थापक अध्यक्ष दुर्गा सोवले बताउनुभयो ।

७० प्रतिशतले सार्वजनिक स्थानमा दुव्र्यवहार भोगिरहेका छन् । अन्तरजातीय विवाहित जोडीलाई स्वीकार गरिए पनि घरेलु हिंसा गरिएको छ । अन्तरजातीय जोडीलाई चरित्रहत्या गर्ने, सार्वजनिक स्थानमा गाली बेइज्जति गर्ने र समाजमा पुनःस्थापित हुन नदिनेजस्ता व्यवहार बढिरहेको पनि अध्ययनले बताएको छ । अन्तरजातीय विवाहबाट जन्मिएका २५ प्रतिशत बालवालिकाको जन्म दर्तासमेत हुन सकेको छैन । दलित पुरुष र गैर दलित महिलाको विवाहमा बढी मात्रामा मुद्दा दर्ता हुने गरेको छ । माइती पक्षले अस्वीकार गर्दा मानव बेचविखनजस्ता विभिन्न प्रकारका मुद्दा पर्ने गरेको अध्ययनमा उल्लेख छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले भन्नुभयो, “अन्तरजातीय विवाहित जोडीको मुद्दामा द्रुत मार्गमा न्याय सम्पादन हुनुपर्छ, पालिकास्तरमा उद्धार सेन्टरहरु र कानुनी सहायता लगायतका व्यवस्थाका साथै कानुन कार्यान्वयन तीव्र बनाइनु पर्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...