‘घर भित्रबाट हटाउनुपर्छ महिलामाथिको हिंसा’

Published on

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलामाथिको हिंसा र विभेद घरभित्रबाटै हटाउनुपर्ने बताउनु भएको छ ।

अन्तरजातीय विवाहले दलित महिलामाथि हुने हिंसाको असरबारे दलित महिला संघले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रम उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री चौधरीले भन्नुभयो, “तराईका डोम र मुसहर महिलाबाट विभेदको अन्त्यको काम सुरु गर्नुपर्छ । उहाँहरुलाई आत्मनिर्भर बनाउन परम्परागत पेशालाई आधुनिकीकरण गर्ने कार्यक्रम मन्त्रालयले ल्याउँछ । दलित महिला संघका अनुसार कास्की, बाँके, कैलाली, सिरहालगायतका जिल्लाका १२० अन्तरजातीय विवाहित जोडीमा गरिएको अध्ययनमा ७१ प्रतिशतले डर धम्की र त्रासमा जीवन विताइरहेका छन् । उनीहरुले सुरक्षित अनुभूति गर्न नसकिरहेको संघकी संस्थापक अध्यक्ष दुर्गा सोवले बताउनुभयो ।

७० प्रतिशतले सार्वजनिक स्थानमा दुव्र्यवहार भोगिरहेका छन् । अन्तरजातीय विवाहित जोडीलाई स्वीकार गरिए पनि घरेलु हिंसा गरिएको छ । अन्तरजातीय जोडीलाई चरित्रहत्या गर्ने, सार्वजनिक स्थानमा गाली बेइज्जति गर्ने र समाजमा पुनःस्थापित हुन नदिनेजस्ता व्यवहार बढिरहेको पनि अध्ययनले बताएको छ । अन्तरजातीय विवाहबाट जन्मिएका २५ प्रतिशत बालवालिकाको जन्म दर्तासमेत हुन सकेको छैन । दलित पुरुष र गैर दलित महिलाको विवाहमा बढी मात्रामा मुद्दा दर्ता हुने गरेको छ । माइती पक्षले अस्वीकार गर्दा मानव बेचविखनजस्ता विभिन्न प्रकारका मुद्दा पर्ने गरेको अध्ययनमा उल्लेख छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले भन्नुभयो, “अन्तरजातीय विवाहित जोडीको मुद्दामा द्रुत मार्गमा न्याय सम्पादन हुनुपर्छ, पालिकास्तरमा उद्धार सेन्टरहरु र कानुनी सहायता लगायतका व्यवस्थाका साथै कानुन कार्यान्वयन तीव्र बनाइनु पर्छ । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...