अफगानिस्तानमा सामूहिक कुटपिटको घटनाप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चासो व्यक्त

Published on

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले बुधबार अफगानिस्तानमा दर्जनौँ मानिसहरूलाई सामूहिक कुटपिट गरिएको भन्दै तालिबान अधिकारीहरूलाई यो अभ्यास अन्त्य गर्न आह्वान गरेको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए) ले उत्तरी सारिपुल प्रान्तमा मङ्गलबार करिब ६३ जनालाई कोर्रा प्रहार गरी सार्वजनिक रूपमा कुटपिट गरिएको जनाएको छ । “युएनएएमएले शारीरिक दण्डको निन्दा गर्दछ र अन्तर्राष्ट्रिय मानव अधिकार दायित्वहरूको सम्मान गर्न आह्वान गर्दछ,” मिसनले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । सन् २०२१ अगस्टमा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले इस्लामिक कानून शरियाको पुन व्याख्या गरेका छन् ।

जनताले सार्वजनिक मृत्युदण्ड र शारीरिक यातनाहरु भोगिरहेका छन् । चोरी, व्यभिचार र रक्सी सेवनजस्ता अपराधका लागि तालिबान सरकारले कोर्रा प्रहार ९कडा सजाय० गर्ने गरेको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...