कालो भिरमा पहिरो जाँदा सडक अबरुद्ध

Published on

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लार्के खण्डको कालो भिरमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।

बिहीबार बिहान करिब ६ : ३० बजेको समयमा उत्तरी गोरखाको लार्के खण्डको धार्चे गाउँपालिका –१ कालो भिरमा पहिरो जाँदा सडक अबरुद्ध भएको मनास्लु क्षेत्रका स्थानीय छ्याङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा माथिबाट खसेको पहिरोले सडकमा ठुला ढुङगा र माटोले सडक ढाकिएको छ । पहिरो परी कुनै मानबीय क्षति नभएको पनि उहाँले बताउनुभयो । पहिरोलाई नेपाली सेनाको टोलीले केही बेरमा मेसिन लगाएर हटाउने प्रयास भइरहेको उहाँको भनाइ छ । अहिले त्यस ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा पहिरो हटाउन पहल भइरहेको बताइएको छ । त्यस पहिरोले ७ मिटर बाटो अबरुद्ध भएको छ । पहिरो ४० मिटर माथिबाट खसेर अबरुद्ध भएको थियो । अहिले त्यस क्षेत्रबाट आबत–जावत गर्ने सवारी साधन तथा सर्बसाधरण बिहानबाट रोकिएका छन् । अहिले त्यस क्षेत्रमा गएको पहिरो पन्छाउन दोभान क्षेत्रमा रहेको नेपाली सेनाको टोलीले मेसिन लगाएर पहिरो पन्छाउन लागिपरेको मनास्लु क्षेत्रका स्थानीय छ्याङ लामाले बताउनुभयो । अबको केही बेरमै सवारी साधान तथा सर्बसाधरणलाई हिडडुल गर्न सहज गराउने प्रयास भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...