सुदूरपश्चिमको पहाडी जिल्लामा अन्धकार

Published on

काठमाडौं । ३२ केभी विद्युत् लाइन बिग्रिएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला अन्धकार बनेका छन् । विद्युतबाट हुने सबै काम ठप्प हुँदा जनजीवन कष्टकर बनेको छ ।

हिजो बेलुकीपख चलेको हावाहुरीका कारण कैलालीको अत्तरिया ग्रिडबाट पहाडका सात जिल्लामा प्रवाह हुने ३२ केभी लाइनमा असर पुग्दा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ । राति बिग्रेकाले कुन ठाउँमा लाइन बिग्रिएको पत्ता लगाउन नसकिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रमेश अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार ३२ केभी लाइनको अत्तरियादेखि माथि पहाडतिर ४० किलोमिटरको आसपासमा समस्या देखिएको छ । सो क्षेत्र अत्तरिया ग्रिडको हो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...