युवालाई ट्रेकिङ गाइड तालिम

Published on

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन ट्रेकिङ गाइड तालिम आयोजना गरिएको छ । मौरिस हर्जोग पदमार्गको प्रवेशद्वारका रुपमा रहेको पर्यटकीय गाउँ नारच्याङमा १५ दिनसम्म तालिम सञ्चालन हुनेछ । गाउँपालिकाले पहिलो पटक ट्रेकिङ गाइडको तालिम सञ्चालन गरेको हो । पालिकाको वडा नम्बर ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण र पदयात्रामा आउने पर्यटकको संख्यामा वृद्धि हुन थालेपछि गाउँपालिकाले युवालाई ट्रेकिङ गाइड तालिम दिन थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गतको नेपाल माउण्टेन एकेडेमीका प्रशिक्षकले १५ दिनसम्म तालिममा सहजिकरण गर्ने सुवेदीले बताउनुभयो । एकसय ३९ घण्टाको तालिममा सहभागी भएपछि सहभागीलाई टे«किङ गाइडको प्रमाणपत्र प्रदान गरिने छ ।

तालिम लिएका युवालाई पर्यटन मन्त्रालय र टे«किङ एजेन्सीसँग समन्वय गरेर रोजगारीका लागि पहल गरिने पालिकाले जनाएको छ । तालिममा पालिका भित्रका ८ वटा वडाका २५ जना युवाको सहभागिता रहेको छ । गाउँपालिका अध्यक्ष भारतकुमार पुनले तालिम पश्चात गाउँपालिकामा ट्रेकिङ गाइडको अभाव नहुने विश्वास व्यक्त गर्नुभयो । अन्नपूर्ण पर्यटकीय पालिका भएकाले यहाँको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि गाइडको खाँचो छ उहाँले भन्नुभयो, ‘‘तालिम लिएका युवालाई गाउँपालिकाले विभिन्न निकायसँग समन्वय गरी रोजगारी समेत दिलाउन पहल गर्दछ । पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको संख्या बढ्दै गएको र त्यस क्षेत्रलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी गाउँपालिकाले तालिम सञ्चालन गरेको उहाँको भनाइ छ । तालिममा पर्यटन सुरक्षा, जोखिम, समूह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको ब्याख्या गर्ने शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षाबारे जानकारी गराइने छ । सो बारेमा माउण्टेन एकाडेमीका अनुप अधिकारी र निरेन्द्र महर्जनले प्रशिक्षण दिनुहुनेछ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...