युवालाई ट्रेकिङ गाइड तालिम

Published on

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन ट्रेकिङ गाइड तालिम आयोजना गरिएको छ । मौरिस हर्जोग पदमार्गको प्रवेशद्वारका रुपमा रहेको पर्यटकीय गाउँ नारच्याङमा १५ दिनसम्म तालिम सञ्चालन हुनेछ । गाउँपालिकाले पहिलो पटक ट्रेकिङ गाइडको तालिम सञ्चालन गरेको हो । पालिकाको वडा नम्बर ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण र पदयात्रामा आउने पर्यटकको संख्यामा वृद्धि हुन थालेपछि गाउँपालिकाले युवालाई ट्रेकिङ गाइड तालिम दिन थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गतको नेपाल माउण्टेन एकेडेमीका प्रशिक्षकले १५ दिनसम्म तालिममा सहजिकरण गर्ने सुवेदीले बताउनुभयो । एकसय ३९ घण्टाको तालिममा सहभागी भएपछि सहभागीलाई टे«किङ गाइडको प्रमाणपत्र प्रदान गरिने छ ।

तालिम लिएका युवालाई पर्यटन मन्त्रालय र टे«किङ एजेन्सीसँग समन्वय गरेर रोजगारीका लागि पहल गरिने पालिकाले जनाएको छ । तालिममा पालिका भित्रका ८ वटा वडाका २५ जना युवाको सहभागिता रहेको छ । गाउँपालिका अध्यक्ष भारतकुमार पुनले तालिम पश्चात गाउँपालिकामा ट्रेकिङ गाइडको अभाव नहुने विश्वास व्यक्त गर्नुभयो । अन्नपूर्ण पर्यटकीय पालिका भएकाले यहाँको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि गाइडको खाँचो छ उहाँले भन्नुभयो, ‘‘तालिम लिएका युवालाई गाउँपालिकाले विभिन्न निकायसँग समन्वय गरी रोजगारी समेत दिलाउन पहल गर्दछ । पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको संख्या बढ्दै गएको र त्यस क्षेत्रलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी गाउँपालिकाले तालिम सञ्चालन गरेको उहाँको भनाइ छ । तालिममा पर्यटन सुरक्षा, जोखिम, समूह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको ब्याख्या गर्ने शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षाबारे जानकारी गराइने छ । सो बारेमा माउण्टेन एकाडेमीका अनुप अधिकारी र निरेन्द्र महर्जनले प्रशिक्षण दिनुहुनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...