मोलुङ खोलामा पुल बन्दा स्थानिय हर्षित

Published on

काठमाडौं । जिल्लाको सुनकोशी गाउँपालिका–४ संसादोभान र मानेभञ्ज्याङ गाउँपालिका–८ काभ्रेटार जोड्ने गरी मोलुङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

वर्षौंदेखि स्थानियले पुलको अभावमा भाग्दै आएको समस्याको समाधान भएको काभ्रेटारका स्थानिय नबराज राईले बताउनुभयो । “बालबालिका विद्यालय जान, अत्यावश्यक सामानका लागि बजार तथा अन्यत्र जान जिर्ण पुल तर्नुको विकल्प थिएन ।” राईले भन्नुभयो “कलिला बालबालिका, गर्भवती तथा वृद्धवृद्धालाई खोला वारपारी गर्न समस्या थियो । कोही विरामी परे अस्तपाल लैजान समेत समस्या हुने गरेको थियो । अब पुल निर्माणसँगै सहज भएको छ । सङ्घीय सरकार, स्थानिय सरकार, सुनकोशी गाउँपालिका, सामाजिक तथा प्राविधिक सहयोग सहास नेपाल र स्थानियको लागत गरी ४९ लाख ९२ हजार १२५ रुपियाँ ६७ पैसा लागतमा ९५ मिटर लामो झोलुङ्गे पुल बनेको हो ।

सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यतामा नव निर्मित पुलको उद्घाटन गरिएको छ । काभ्रेटारबासीको एक समयको दुःखको अन्त्य भएको उपाध्यक्ष अधिकारीले बताउनुभयो । उद्घाटन कार्यक्रममा सहास नेपालका कार्यकारी निर्देशन डा।सुरेन्द्र श्रेष्ठले पुलको सुरक्षा र स्याहार गर्न सुझाव दिनुभएको छ । काभ्रेटारका स्थानियले २०७० सालमा खोला तर्न आफ्नै खर्चमा फलामको लठ्ठा र काठ खरिद गरी पुल बनाएका थिए । २०७५ सालमा मोलुङ खोलामा आएको बाढीले बगाएर बाँकी रहेको दुई तीन वटा फलामको लठ्ठाको भरमा खोला वारपार गर्ने गर्ने गरेका थिए । पुल बन्दा असाध्यै हर्ष लागेको कमला राईले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...