मोलुङ खोलामा पुल बन्दा स्थानिय हर्षित

Published on

काठमाडौं । जिल्लाको सुनकोशी गाउँपालिका–४ संसादोभान र मानेभञ्ज्याङ गाउँपालिका–८ काभ्रेटार जोड्ने गरी मोलुङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

वर्षौंदेखि स्थानियले पुलको अभावमा भाग्दै आएको समस्याको समाधान भएको काभ्रेटारका स्थानिय नबराज राईले बताउनुभयो । “बालबालिका विद्यालय जान, अत्यावश्यक सामानका लागि बजार तथा अन्यत्र जान जिर्ण पुल तर्नुको विकल्प थिएन ।” राईले भन्नुभयो “कलिला बालबालिका, गर्भवती तथा वृद्धवृद्धालाई खोला वारपारी गर्न समस्या थियो । कोही विरामी परे अस्तपाल लैजान समेत समस्या हुने गरेको थियो । अब पुल निर्माणसँगै सहज भएको छ । सङ्घीय सरकार, स्थानिय सरकार, सुनकोशी गाउँपालिका, सामाजिक तथा प्राविधिक सहयोग सहास नेपाल र स्थानियको लागत गरी ४९ लाख ९२ हजार १२५ रुपियाँ ६७ पैसा लागतमा ९५ मिटर लामो झोलुङ्गे पुल बनेको हो ।

सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यतामा नव निर्मित पुलको उद्घाटन गरिएको छ । काभ्रेटारबासीको एक समयको दुःखको अन्त्य भएको उपाध्यक्ष अधिकारीले बताउनुभयो । उद्घाटन कार्यक्रममा सहास नेपालका कार्यकारी निर्देशन डा।सुरेन्द्र श्रेष्ठले पुलको सुरक्षा र स्याहार गर्न सुझाव दिनुभएको छ । काभ्रेटारका स्थानियले २०७० सालमा खोला तर्न आफ्नै खर्चमा फलामको लठ्ठा र काठ खरिद गरी पुल बनाएका थिए । २०७५ सालमा मोलुङ खोलामा आएको बाढीले बगाएर बाँकी रहेको दुई तीन वटा फलामको लठ्ठाको भरमा खोला वारपार गर्ने गर्ने गरेका थिए । पुल बन्दा असाध्यै हर्ष लागेको कमला राईले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...