भारतको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा तीनको मृत्यु, छ जना घाइते

Published on

काठमाडौं । भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको छ ।

प्रहरीलाई घटनाको बारेमा पीसीआर कलबाट सूचना प्राप्त भए पछि प्रहरी कर्मचारीहरू फूड्स लिमिटेडमा पुग्दा आगो लागिरहेको प्रहरीले जनाएको छ । घटना हुँदा नौ जना कारखाना भित्र रहेको जनाईएको छ । उनीहरूको उद्धार पछि तत्कालै नरेलाको एसएचआरसी अस्पतालमा लगिएकोमा घाइते मध्ये तिन जनालाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ग्यास बर्नरमा कच्चा मुग भर्ने क्रममा ग्यासको एउटा पाइपलाइनमा ग्यास चुहिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आगो फैलिदा कम्प्रेसर अत्यधिक तताएको परिणामस्वरूप विस्फोट भएको थियो । मृत्यु हुनेहरुमा श्याम , राम सिंह र बीरपा रहेको पुष्टि भएको छ । घाइते मध्ये पुष्पेन्द्र आकाश , मोहितकुमार , रवि कुमार, मोनु र लालु रहेका छन् । घटनासँग उपयुक्त धारा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस\एएनआई

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...