सुनको मूल्य तोलामा चार हजारले घट्यो

Published on

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु। एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु. एक लाख ४५ हजारमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु। एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु। एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु. ७५ ले घटेको छ । शुक्रबार तोलामा रु. एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय २५ निर्धारण भएको छ । रासस

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...