‘दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्नु पर्दछ’

Published on

काठमाडौं । इलामको सूर्योदय नगरपालिका पूर्वी नेपालको ढोका हो । भारतीय सीमानजिक रहेको सूर्योदय नगरपालिका पर्यटन, कृषि, पशुपालन, शिक्षामा अब्बल मानिन्छ । यसै नगरपालिकाको अन्तुबाट देखिने सूर्योदयका कारण यसलाई ‘सूर्योदयको जिल्ला’ भनेर पनि चिनिन्छ । चियाको राजधानीका रूपमा रहेको यो नगरपालिका जिल्लाकै बढी चिया उत्पादन हुने क्षेत्र हो । नेकपा (एकीकृत समाजवादी) बाट विजयी बन्नुभएका नगरप्रमुख रणबहादुर राईको यो दोस्रो कार्यकाल हो । नगरप्रमुख राईसँग पशुपतिनगर समाचारदाता प्रेम अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंशस

पछिल्लो समय सरकारले ल्याएको बजेटले स्थानीय पालिकालाई कति सम्बोधन गरेको छ रु

राष्ट्रिय योजना आयोगको समपूरक र विशेष अनुदान आएको छ । त्यो खासै सन्तोषजनक छैन । हामीले राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान अहिलेसम्म प्राप्त गर्न सकेका छैनौँ । समानीकरण अनुदान त घट्दो व्रmममा छ । अब आउने भनेको ससर्त अनुदान हो । यो भनेको सङ्घीय सरकारका काम स्थानीय तहले गर्नुपर्ने हो । सङ्घीयतालाई संस्थागत गर्नका निम्ति, तीनै तहका अधिकारलाई सुनिश्चित गर्नका निम्ति समानीकरण अनुदान बढाउँदै जानुपर्ने तर बढेको देखिँदैन । २०७४ पछिका घटनाव्रmम हेर्दा समानीकरण अनुदान घट्दो व्रmममा छ । यो अवश्य राम्रो होइन । ससर्त अनुदान बढ्दै गरेको हँुदा जुन संस्थागत अधिकार छन्, ती सबै सङ्घीय सरकारले अँठ्याएर राखेको देखिन्छ । २०७६ सालमै राष्ट्रिय योजना आयोग र नेपाल सरकारले तीन तहको स्थानीय, प्रदेश र सङ्घीय सरकारको कार्य जिम्मेवारी, अधिकार र विकासका योजना कुन सरकारले कतिसम्म गर्ने भन्ने स्पष्ट उल्लेख गरे पनि त्यो अनुसार कार्यान्वयन भएको छैन ।

आर्थिक वर्षको अन्तिम चौमासिकमा आइपुग्दा सूर्योदय नगरपालिकाको विकास निर्माण र सुशासनको प्रगति कस्तो छ रु

हाम्रो नगरपालिकाका सबै काम ठिकै छन् । विशेष गरी सूर्योदय नगरपालिकाले दिगो विकासका लक्ष्यलाई अगाडि बढाएको छ । हामी स्थानीय तहले बनाएका कानुन जस्तै मध्यमकालीन खर्च संरचना, आवधिक योजना, दिगो विकासका लक्ष्य बिचमा तारतम्य मिलेको छ । हामी दिगो विकासका लक्ष्यलाई स्थानीयकरणसमेत गर्ने तयारीमा छाँै । भर्खरै महालेखाले सार्वजनिक गरेको बेरुजुको प्रतिशत हेर्नु भयो भने यस नगरपालिकाको बेरुजु ०।५ प्रतिशतभन्दा कम नै छ । अझ यसलाई शून्यमा नै झार्ने लक्ष्य छ । बेरुजु कम हुनु भनेको सुशासनतर्फ नगरपालिका अगाडि बढिरहेको छ भन्ने देखाउँछ । ‘लिजा’ लगायत हेर्नु भयो भने अङ्क प्राप्त गर्नुभन्दा पनि नगरपालिकाले यसभित्र भएका असल अभ्यास कार्यान्वयन गरिरहेको स्पष्ट हुन्छ । अन्तिम चौमासिकमा आइपुग्दा सबै काम सक्ने तयारीमा छौँ । भौतिक पूर्वाधारतर्फ हामीले बाह्रमासे सडकलाई ध्यान दिएका छौँ भने २८ बर्से सडक निर्माणको दिगो योजना बनाएर त्यही अनुरूप काम गरिरहेका छौँ ।

स्वदेशमा त सूर्योदय नगरपालिका परिचित नै छ । विदेशमा समेत परिचित गराउन कसरी सफल हुनुभयो रु

सबैभन्दा पहिला त नगरले गरेका असल अभ्यासका बारेमा, दिगो विकासका निम्ति नगरले चालेका कदमका विषयमा मूल्याङ्कन गर्दै आर्थिक विकासतर्फ यो नगरपालिका देशकै उत्कृष्ट भयो । हालसम्म देशभरका २५६ वटा पालिका हाम्रा असल अभ्यासको अवलोकन गर्न यहाँ आएका छन् । साना सिँचाइ आयोजना ९एसआइपी० को मुख्य कार्यालय यहीँ छ । दातृनिकायसँगका धेरै कार्यव्रmम यहाँ सञ्चालित छन् । हाम्रो नगरमा विभिन्न देशका राजदूत आइरहनु हुन्छ । उहाँहरूसँगको सहकार्यले अहिले यो नगरपालिका विश्वमा चिनिएको छ । हाम्रो काम, असल अभ्यास हेरेर विभिन्न परियोजनाले अहिले सूर्योदयलाई छनोट गरी नेपालकै प्रतिनिधिका रूपमा विदेश लैजान थालेका छन् ।

तपाईं विभिन्न देश जाँदै गर्दा त्यहाँका पालिकाले गर्ने काम र यहाँ गर्ने काममा के फरक पाउनुभयो रु

विशेष गरेर बाहिरी जगत्मा ‘अटोमेसन’ नै हो । हाम्रोमा के छ भने समयको ख्याल छैन । काम गर्ने तरिकामा धेरै फरक छ । हामी कार्यालयको काममा आठ घण्टा समय दिन्छौँ । त्यो आठ घण्टाको समयमा पनि खास काममा समय दिँदैनौँ तर अब विदेशमा चाहिँ कार्यालयमा मोबाइलसमेत निषेध गरिएको हुन्छ । धेरै देशमा उभिएर काम गर्ने चलन छ । टार्गेट अनुसार विदेशमा काम लगाइन्छ । चेन अफ कमान्डमा काम हुन्छ, हाम्रोमा पद्धतिको विकास नै हुन सकिरहेको छैन । विदेशको काम गर्ने तरिका, अधिकार स्पष्ट छ । हाम्रोमा त्यो छैन ।

सङ्घीयता कार्यान्वयनको अवस्थालाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ रु

स्थानीय तहले पाएकामध्येको एउटा अधिकार शिक्षाको अधिकार हो तर सङ्घकै शिक्षा नीति स्पष्ट छैन । स्वास्थ्यको पनि स्पष्ट कानुन छैन । कर्मचारी ऐन छैन । कोशी प्रदेशमा स्थानीय सेवा गठन तथा सञ्चालन ऐन भनेर आएको छ । त्यसमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रदेश सरकारले खटाउने उल्लेख छ तर अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत चाहिँ सङ्घले नै खटाइरहेको छ । कानुन बनाउने काम भयो कार्यान्वयन भएन । प्रहरीको समायोजन गर्ने कुरादेखि सबै हेर्दा माथिकाले तलकालाई अधिकार नदिन चाहेको देखिन्छ । सङ्घीयतालाई संस्थागत गर्नका लागि प्रशिक्षणको अभाव छ । कतिपय स्थानीय तहले अहिलेसम्म कुन कानुन आफ्नो अधिकारभित्र पर्छ र बनाउनै पर्छ भन्ने नै बुझेको छैन । सङ्घ, प्रदेशले स्थानीय सरकारलाई एक÷पाँच लाख रुपियाँका कार्यव्रम पठाएर सङ्घीयता संस्थागत हुँदैन । माथिका सरकार कानुन र अधिकार क्षेत्रमा स्पष्ट हुनु पर्छ । स्थानीय सरकारले त तल्लो तहका नागरिकसम्म पुगेर सङ्घीयतालाई संस्थागत गराउने काम गरेकै देखिन्छ ।

अब तीन तहका सरकारबिच सम्बन्ध सुधार गर्न के गर्नु पर्छ त रु

बनेका नीतिगत समिति निष्व्रिmय बनेका छन् । छलफल बैठक भएका छैनन् । अब प्रदेशले बजेट बनाउँदै गर्दा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गर्ने स्पष्ट व्यवस्था पालना भएको छैन । आफ्नै खुसीले, त्यसमा पनि आर्थिक वर्षको अन्त्यमा समन्वय नगरी बजेट आउँछ । त्यो कार्यान्वयन कसरी हुन सक्छ रु प्रतिनिधि सभाले पास गरेका समान्यीकरण अनुदानका कार्यव्रmममा पैसा दिन नसकिने भनेर पत्र आउँछ । यो गर्न पाइन्छ त रु प्रदेश र सङ्घमै छिटो छिटो सरकार परिवर्तन भइरहेको छ । यसले पनि सहकार्य समन्वयमा खाडल उत्पन्न गरेको छ । समन्वयका लागि स्थानीय सरकार खुला छन् । सङ्घ र प्रदेशले अलि नै बढी समन्वय र सहकार्य गर्नु पर्छ ।

दिगो विकासका लक्ष्य प्राप्तिका लागि पालिकाले कसरी काम गर्न सक्छन् रु

हामीले चाहिँ तीन वटा कुरा– मध्यमकालीन खर्च संरचना, आवधिक योजना र दिगो विकासका लक्ष्यमा हामी कहाँ छाँै भन्ने पुनरवलोकन गर्ने गरेका छाँै । सबैले यी कुरामा ध्यान दिएर दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्नु पर्दछ । सबैले आर्थिक अवस्था सुधार हुने योजना बनाएर कार्यान्वयन गर्न सक्नु पर्दछ

सूर्योदयलाई चियाको राजधानी भनेर चिनिन्छ, बर्सेनि आउने चिया क्षेत्रको समस्याको जड कहाँ अड्किएको छ रु

समस्या के हो भने हाम्रो चिया अर्गानिकीकरण गर्न सकेनौँ । गुणस्तरीय चिया उत्पादन हुन नसक्नु नै चियाको समस्या हो । नगरपालिकाले चियाको कार्यविधि बनाएर पहिले नै चियाको मूल्य निर्धारण गरेको छ । त्यसलाई कार्यान्वयन गर्दै किसान र व्यवसायीले चियाको गुणस्तरमा ध्यान दिनु पर्दछ ।

ताजा समाचार

राष्ट्रपतिको युरोप भ्रमण: जलवायु परिवर्तनमा नेपालको प्राथमिकता केन्द्रमा रहनुपर्ने मुद्दा स्थापित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरणको मुद्दा...

फिल्डिङ र ब्याटिङमा कमजोरी भए : आगामी दिनमा सुधार गर्छौँ स् कप्तान पौडेल

काठमाडौँ ।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै...

हामी जतिसक्दो महाकाली पुल छिटो सम्पन्न गर्ने पक्षमा छौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदाली स्थित महाकाली नदीमा निमार्णाधिन चारलेनको पक्की पुल निमार्णको अन्तिम चरणमा...

एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई...