पानी भण्डारण केन्द्र स्थापना

Published on

काठमाडौं । आगलागीका घटना नियन्त्रणका लागि सहज रूपमा पानीको स्रोत उपलब्ध नहुने भएपछि नेपालगन्जमा पानी भण्डारण केन्द्र स्थापना गरिएको छ ।

नेपालगन्जमा दमकल (वारुणयन्त्र) लाई चाहिने पानीको स्रोतको व्यवस्थापनका लागि तीन वटा पानी भण्डारण केन्द्र स्थापना गरिएका स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र नेपालगन्जका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताउनुभयो । उहाँले गुरुद्वाराअगाडि नेपालगन्जको खानेपानी संस्थान कार्यालयको खानेपानीको मुख्य लाइनमा चार लाख ५० हजार लिटर, वारुणयन्त्र कार्यालयपरिसरमा १२ हजार लिटर र नेपालगन्ज उपमहानगरपालिका–७ मा चार हजार लिटर क्षमताको पानी भण्डारण केन्द्र स्थापना गरिएको बताउनुभयो । नेपालगन्ज उपमहानगर वारुणयन्त्र शाखा प्रमुख झइनबहादुर खड्काले उपमहानगरमा तीन वटा पानी भण्डारण केन्द्र स्थापना भएपछि आगलागीका बेला पानीको समस्या केही हदसम्म समाधान भएको बताउनुभयो । दमकल प्रवेश गर्न नसक्ने साना गल्लीभित्र रहेको बस्तीमा आगजनी नियन्त्रणका लागि इनारबाट पानी सङ्कलन गरी ‘ड्राई फायर हाइड्रेन्ड’ विधि विकास गरिएको छ ।

यो विधिले इनारको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीबाट बस्तीभित्र पुग्ने गरी पाइप जडान गरिएको नेपालगन्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिका–७ मा इनार संरक्षण गरी चार हजार लिटर पानी भण्डारण गरिएको छ । आगलागी भएको बेला दमकललाई चाहिने पानी खानेपानी कार्यालयबाट पनि प्रत्यक्ष रूपमा जतिबेला पनि भर्न सक्ने व्यवस्था गरिएको खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । नेपालगन्ज सहर विकास, विस्तार र बाक्लिने क्रमसँगै यहाँ आगलागीका घटना बढ्न थालेको तथ्याङ्कले देखाएको छ । आगलागीका घटना बढ्न थालेसँगै त्यसको नियन्त्रणको प्रयास गर्न नेपालगन्जमा अहिले सहरी विपत् तथा भूकम्पीय पूर्वतयारी परियोजना सञ्चालन गरिएको छ । गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...