आइसिसी टी-२० विश्वकप : भारतसँग हार्‍यो पाकिस्तान

Published on

काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान आइसीसी टी(२० विश्वकपमा भारतसँग पराजित भएको छ । न्युयोर्कमा आइतबार राति भएको खेलमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको हो ।

जारी विश्कपको समूह ‘ए’ मा रहेको पाकिस्तानको यो लगातार दोस्रो हार हो । हारसँगै पाकिस्तानाको सुपर आठमा पुग्ने सम्भावना कमजोर बनेको छ । समूहको पहिलो खेलमा पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा तल्लो क्रमका ब्याट्सम्यानले आशालाग्दो प्रदर्शन गर्न नसक्दा पाकिस्तान स्तब्ध बन्यो । लगातार दोस्रो जित निकालेको भारत चार अङ्कसहित शीर्षस्थानमा छ । दुई खेल जितेको अमेरिका पनि नेट रनरेटमा दोस्रो स्थानमा छ । दुई अङ्क बनाएको क्यानाडा तेस्रो स्थानमा छ । पाकिस्तान र आयरल्यान्ड अङ्कबिहिन छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । एक सय २१ रनको विजय लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १३ रनमा समेटियो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३१ रन बनाउनुभयो । यस्तै इमाद वासिमले १५, कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३\१३ रन बनाउनुभयो । बलिङमा भारतका जसप्रित बुमराहले तीन विकेट लिनुभयो । हार्दिक पाण्डेयले दुई तथा असरदिप सिंह र अजर पटेलले एक एक विकेट लिनुभयो । यसअघि भारतको लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाउनुभएको थियो । यस्तै अक्षर पटेलले २० र कप्तान रोहित शर्माले १३ रन बनाउनुभयो । बलिङमा पाकिस्तानका नसिम शाह र हरिस राउफले तीन तीन विकेट लिनुभयो । मोहमद अमिरले दुई तथा साहिन शाह अफ्रिदीले एक विकेट लिनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...