आइसिसी टी-२० विश्वकप : भारतसँग हार्‍यो पाकिस्तान

Published on

काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान आइसीसी टी(२० विश्वकपमा भारतसँग पराजित भएको छ । न्युयोर्कमा आइतबार राति भएको खेलमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको हो ।

जारी विश्कपको समूह ‘ए’ मा रहेको पाकिस्तानको यो लगातार दोस्रो हार हो । हारसँगै पाकिस्तानाको सुपर आठमा पुग्ने सम्भावना कमजोर बनेको छ । समूहको पहिलो खेलमा पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा तल्लो क्रमका ब्याट्सम्यानले आशालाग्दो प्रदर्शन गर्न नसक्दा पाकिस्तान स्तब्ध बन्यो । लगातार दोस्रो जित निकालेको भारत चार अङ्कसहित शीर्षस्थानमा छ । दुई खेल जितेको अमेरिका पनि नेट रनरेटमा दोस्रो स्थानमा छ । दुई अङ्क बनाएको क्यानाडा तेस्रो स्थानमा छ । पाकिस्तान र आयरल्यान्ड अङ्कबिहिन छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । एक सय २१ रनको विजय लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १३ रनमा समेटियो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३१ रन बनाउनुभयो । यस्तै इमाद वासिमले १५, कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३\१३ रन बनाउनुभयो । बलिङमा भारतका जसप्रित बुमराहले तीन विकेट लिनुभयो । हार्दिक पाण्डेयले दुई तथा असरदिप सिंह र अजर पटेलले एक एक विकेट लिनुभयो । यसअघि भारतको लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाउनुभएको थियो । यस्तै अक्षर पटेलले २० र कप्तान रोहित शर्माले १३ रन बनाउनुभयो । बलिङमा पाकिस्तानका नसिम शाह र हरिस राउफले तीन तीन विकेट लिनुभयो । मोहमद अमिरले दुई तथा साहिन शाह अफ्रिदीले एक विकेट लिनुभयो ।

ताजा समाचार

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै...

युवालाई स्वदेशमै व्यवस्थापन गर्ने प्रयास भएको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरु रोजगारीको खोजीमा ठुलो संख्यामा बाहिर गइरहेको...

भाटभटेनीको समान बोकेको गाडीमा अवैध विद्युतीय चुरोट

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा...

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...