निर्माण व्यवसायी सम्पर्कविहीन

Published on

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले वर्षाका कारण यस पटक धान उत्पादनमा वृद्धि हुने अनुमान गरेका छन् । आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । पर्याप्त पानी पर्‍यो भने धानको उत्पादनमा वृद्धि हुने धानका वैज्ञानिक रामवरण यादवले बताउनुभयो । धान खेतीका लागि २५ सय मिलिलिटर पानी आवश्यक पर्ने गरेको बताउँदै उहाँले कतिपय ठाउँमा क्षेत्रमा औसत करिब नौ सय मिलिलिटर पानी पर्छ तर १५ सय मिलिलिटरभन्दा बढी पानी पर्‍यो भने धानका लागि राम्रो हुने गरेको बताउनुभयो । औषतमा १५ सय मिलिलिटर पानी बढी पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा। ध्रुवराज भट्टराईले विभिन्न रिपोर्ट हेर्दा यस पटकको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भएकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गर्न

सकिने बताउनुभयो । तर सबैतिर एकैनासको पानी नपर्ने भएकाले कतै खडेरी र कतै धान उत्पादन हुने सम्भावना देखिएको बताउनुभयो । नेपालमा कहिल्यै पनि एकनासले पानी परेको छैन, कतै धेरै पानी त कतै सुक्खा हुने गरेको देखिएको छ तर यस पटक औसतमा सबैतिर राम्रै पानी पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको उत्तरीपश्चिम भूभाग, बागमती प्रदेशको दक्षिणपूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको उहाँले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...