निर्माण व्यवसायी सम्पर्कविहीन

Published on

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले वर्षाका कारण यस पटक धान उत्पादनमा वृद्धि हुने अनुमान गरेका छन् । आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । पर्याप्त पानी पर्‍यो भने धानको उत्पादनमा वृद्धि हुने धानका वैज्ञानिक रामवरण यादवले बताउनुभयो । धान खेतीका लागि २५ सय मिलिलिटर पानी आवश्यक पर्ने गरेको बताउँदै उहाँले कतिपय ठाउँमा क्षेत्रमा औसत करिब नौ सय मिलिलिटर पानी पर्छ तर १५ सय मिलिलिटरभन्दा बढी पानी पर्‍यो भने धानका लागि राम्रो हुने गरेको बताउनुभयो । औषतमा १५ सय मिलिलिटर पानी बढी पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा। ध्रुवराज भट्टराईले विभिन्न रिपोर्ट हेर्दा यस पटकको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भएकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गर्न

सकिने बताउनुभयो । तर सबैतिर एकैनासको पानी नपर्ने भएकाले कतै खडेरी र कतै धान उत्पादन हुने सम्भावना देखिएको बताउनुभयो । नेपालमा कहिल्यै पनि एकनासले पानी परेको छैन, कतै धेरै पानी त कतै सुक्खा हुने गरेको देखिएको छ तर यस पटक औसतमा सबैतिर राम्रै पानी पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको उत्तरीपश्चिम भूभाग, बागमती प्रदेशको दक्षिणपूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...