प्युठानका नौ पालिका खोपयुक्त घोषणा

Published on

काठमाडौं । जिल्लाका नौ स्थानीय तहलाई खोप सुनिश्चित्ता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्लाका दुई वटा नगरपालिका र सात वटा गाउँपालिकालाई खोपयुक्त घोषणा गरिएको हो ।

स्थानीय तहले आफ्नो पालिकाभित्र खोप लगाउनु पर्ने बालबालिकाको सर्वेक्षण गरेर खोपयुक्त पालिका घोषणा गरिएको छ । सर्वेक्षणका क्रममा खोप लगाउन छुटेका, पूरा मात्रा खोप नलगाएका बालबालिकालाई खोपको दायरामा ल्याएर खोपयुक्त पालिका घोषणा गरिएको छ । झिमरुक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिकास केसीले पालिकाभित्र खोप लगाउनुपर्ने सबै बालबालिकालाई खोप लागाइएको बताउनुभयो । पालिकाले सर्वेक्षण गर्दा एक जनाले एउटा पनि खोप नलगाएको र चार जनाले पूरा मात्रा खोप नलगाएको भेटिएको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरमबहादुर जिसीले अभियानको दिगोपनाका लागि सबै सरकारले लगानीको दायरा बढाउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यजस्तो संबेदनशील बिषयमा आमनागरिक सचेत हुनुपर्ने बताउनुभयो । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले वर्षैपिच्छे गरिने कार्यक्रम भएकाले स्थानीय सरकारले प्राथमिकता दिएर लैजानुपर्ने बताउनुभयो । उहाँले खोप जनताले पाउँदा निःशुल्क पाए पनि राज्यले धेरै लगानी गरेको बताउनुभयो । खोप कार्यक्रममा एक ब्यक्ति बराबर करिब ४० देखि ४५ हजार रुपियाँ खर्च आउने बताउनुभयो । उहाँले विभिन्न ठाउँमा खोप केन्द्र बनाइ दिन स्थानीय सरकारलाई आग्रह गनुभयो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...