प्युठानका नौ पालिका खोपयुक्त घोषणा

Published on

काठमाडौं । जिल्लाका नौ स्थानीय तहलाई खोप सुनिश्चित्ता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्लाका दुई वटा नगरपालिका र सात वटा गाउँपालिकालाई खोपयुक्त घोषणा गरिएको हो ।

स्थानीय तहले आफ्नो पालिकाभित्र खोप लगाउनु पर्ने बालबालिकाको सर्वेक्षण गरेर खोपयुक्त पालिका घोषणा गरिएको छ । सर्वेक्षणका क्रममा खोप लगाउन छुटेका, पूरा मात्रा खोप नलगाएका बालबालिकालाई खोपको दायरामा ल्याएर खोपयुक्त पालिका घोषणा गरिएको छ । झिमरुक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिकास केसीले पालिकाभित्र खोप लगाउनुपर्ने सबै बालबालिकालाई खोप लागाइएको बताउनुभयो । पालिकाले सर्वेक्षण गर्दा एक जनाले एउटा पनि खोप नलगाएको र चार जनाले पूरा मात्रा खोप नलगाएको भेटिएको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरमबहादुर जिसीले अभियानको दिगोपनाका लागि सबै सरकारले लगानीको दायरा बढाउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यजस्तो संबेदनशील बिषयमा आमनागरिक सचेत हुनुपर्ने बताउनुभयो । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले वर्षैपिच्छे गरिने कार्यक्रम भएकाले स्थानीय सरकारले प्राथमिकता दिएर लैजानुपर्ने बताउनुभयो । उहाँले खोप जनताले पाउँदा निःशुल्क पाए पनि राज्यले धेरै लगानी गरेको बताउनुभयो । खोप कार्यक्रममा एक ब्यक्ति बराबर करिब ४० देखि ४५ हजार रुपियाँ खर्च आउने बताउनुभयो । उहाँले विभिन्न ठाउँमा खोप केन्द्र बनाइ दिन स्थानीय सरकारलाई आग्रह गनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...