मर्स्याङ्दी जलविद्युत केन्द्रद्वारा पूर्ण क्षमतामा विद्युत उत्पादन

Published on

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ । दैनिक रुपमा वर्षा हुने क्रम जारी रहेको तथा गर्मी बढेकोले हिमाल धेरै पग्लिएकोले नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत उत्पादन भएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताउनुभयो।

गौतमका अनुसार जेठ १८ गतेदेखि पूर्ण क्षमतामा उत्पादन भइरहेको छ । सुख्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट पुगेकोमा हाल बढेर पूर्ण क्षमतामा उत्पादन भएको छ । तीन वटा युनिटबाट २३-२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत उत्पादन बढ्छ । केन्द्रका अनुसार धेरै बाढी आएकोबेला गेग्राङहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्नेगरी दुई वटा फ्लाट गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानालाहरु पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सुख्यायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकोले पानीको बहाव थोरै हुने हुँदा विद्युत उत्पादन घट्छ। यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...