सुदूरपश्चिम सरकारले आज पूर्णता पाउने

Published on

काठमाडौं । सत्ता गठबन्धनका दलहरु सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । यसका लागि दलहरुबिच आइतबार साँझ नै मन्त्रालय भागवण्डामा सहमति जुटेको बताइएको छ ।

सहमतिअनुसार सत्ता साझेदार ठुला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाउने तयारी गरेसँगै मुख्यमन्त्री सोडारीले सरकारलाई पूर्णता दिन थाल्नुभएको एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले जमनकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्केलगत्तै सोमबार अन्तिम टुङ्गो लाग्ने र आज नै मन्त्रीलाई सपथ खुवााउने तयारी थालिएको उहाँको भनाइ छ । उहाँकाअनुसार एमाले र माओवादी केन्द्रबाट मन्त्री हुनेको नाम पनि लगभग टुङ्गो लागिसकेको छ । एमाले र माओवादी केन्द्रले सरकारमा सहभागि हुने मन्त्रीको नाम मुख्यमन्त्रीलाई बुझाउने र यसबाहेक स्वतन्त्र सांसद डा। तारा जोशीलाई पनि मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ । माओवादी केन्द्रका एक नेताका अनुसार एमालेले अर्थ मन्त्रालयसहित तीन मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले पनि सामाजिक मन्त्रालयसहित तीन मन्त्री पाउने सहमति भएको छ । हाल नागरिक उन्मुक्तिका दुईजना सरकारमा मन्त्री छन् ।

उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेर मन्त्रीको भागवण्डा लगाइनेछ । अहिले सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित सात मन्त्रालय छन् । दलभित्र मन्त्रीका आकाङ्क्षी बढी देखिएपछि उहाँहरुलाई व्यवस्थापन गर्न मन्त्रालय फुटाउन लागिएको हो । नयाँ सहमति अनुसार एमाले–माओवादीले समान तीन–तीन मन्त्रालय पाउँदा नागरिक उन्मुक्तिले दुई र एकजना स्वतन्त्र सांसदले एक मन्त्री पाउने छन् । मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारी नियुक्त भएको डेढ महिना पुग्नैलाग्दा बल्ला आज सरकारले पूर्णता पाउन लागेको हो ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...