सुदूरपश्चिम सरकारले आज पूर्णता पाउने

Published on

काठमाडौं । सत्ता गठबन्धनका दलहरु सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । यसका लागि दलहरुबिच आइतबार साँझ नै मन्त्रालय भागवण्डामा सहमति जुटेको बताइएको छ ।

सहमतिअनुसार सत्ता साझेदार ठुला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाउने तयारी गरेसँगै मुख्यमन्त्री सोडारीले सरकारलाई पूर्णता दिन थाल्नुभएको एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले जमनकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्केलगत्तै सोमबार अन्तिम टुङ्गो लाग्ने र आज नै मन्त्रीलाई सपथ खुवााउने तयारी थालिएको उहाँको भनाइ छ । उहाँकाअनुसार एमाले र माओवादी केन्द्रबाट मन्त्री हुनेको नाम पनि लगभग टुङ्गो लागिसकेको छ । एमाले र माओवादी केन्द्रले सरकारमा सहभागि हुने मन्त्रीको नाम मुख्यमन्त्रीलाई बुझाउने र यसबाहेक स्वतन्त्र सांसद डा। तारा जोशीलाई पनि मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ । माओवादी केन्द्रका एक नेताका अनुसार एमालेले अर्थ मन्त्रालयसहित तीन मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले पनि सामाजिक मन्त्रालयसहित तीन मन्त्री पाउने सहमति भएको छ । हाल नागरिक उन्मुक्तिका दुईजना सरकारमा मन्त्री छन् ।

उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेर मन्त्रीको भागवण्डा लगाइनेछ । अहिले सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित सात मन्त्रालय छन् । दलभित्र मन्त्रीका आकाङ्क्षी बढी देखिएपछि उहाँहरुलाई व्यवस्थापन गर्न मन्त्रालय फुटाउन लागिएको हो । नयाँ सहमति अनुसार एमाले–माओवादीले समान तीन–तीन मन्त्रालय पाउँदा नागरिक उन्मुक्तिले दुई र एकजना स्वतन्त्र सांसदले एक मन्त्री पाउने छन् । मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारी नियुक्त भएको डेढ महिना पुग्नैलाग्दा बल्ला आज सरकारले पूर्णता पाउन लागेको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...