राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि जग्गा ल्याउन पहल

Published on

काठमाडौं । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक जग्गा ल्याउन पहल थालिएको छ । प्रतिष्ठानले एमविविएसको कार्यक्रम सञ्चालन गर्ने तयारी स्वरुप आवश्यक जग्गा ल्याउनका लागि पहल थालेको हो ।

घोराही उपमहानगरपालिका–१८ नवलपुरमा रहेको जग्गा प्रतिष्ठानको नाममा ल्याउनका लागि पहल भइरहेको प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले जानकारी दिनुभएको छ । विगत ७ वर्षदेखि प्रयास भएपनि काम सफल हुन नसकेको भन्दै प्रतिष्ठानका रजिष्ट्रा लम्सालले यस पटक जग्गा ल्याउने गरि काम भइरहेको जानकारी दिनुभएको छ । जग्गा प्राप्तका लागि जिल्ला प्रशासन कार्यालय दाङसहित विभिन्न सरकारी निकायसंगको समन्वय र सहयोगमा छलफल प्रक्रिया अघि भएको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले प्रतिष्ठानको भौतिक संरचनामा एमविविएस पढाइका लागि काम लाग्ने भएकाले एमविविएस पढ्ने बिद्यार्थी र प्राध्यापकहरुलाई आवासको सुविधाका थप जग्गा आवश्यक रहेकाले जग्गाको व्यवस्थापन गर्ने काम भइरहेको छ । जग्गा प्राप्तका लागि छलफलसँगै नवलपुरमा रहेको साढे ५ विगाहा जग्गाको वातावरणीय प्रभाव मुल्याङ्कन गर्ने काम भइरहेको बताउनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले प्रतिष्ठानको नाममा आवश्यक प्रक्रिया पुरा गरेर उक्त जग्गा ल्याउन सकिए जिल्लामा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...