बुद्ध पार्कमा खुल्ला व्यायामशाला निर्माण

Published on

काठमाडौं । जिल्लाको रामपुर नगरपालिका–६, बुद्ध पार्कमा खुल्ला व्यायामशाला निर्माण गरिएको छ । नागरिकलाई आफ्नो अनुकुलको शारिरीक अभ्यासमा सहजताका लागि नगर मै पहिलो पटक खुल्ला व्यायामशाला निर्माण गरिएको हो ।

निर्माणका लागि ६ नं.वडा कार्यालय बाट चालु आर्थिक वर्षमा तीन लाख विनियोजन गरेको थियो । रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले स्वास्थ्य महत्वपूर्ण विषय भएकाले नागरिकलाई व्यायमको महत्व बारे जानकारी दिन र शारिरीक व्यायममा प्रेरित गर्नका लागि खुल्ला व्यायमशाला निर्माण गरिएको बताउनुभयो । व्यायामशालाको शुभारम्भ गर्दै रामपुर नगर प्रमुख रमण बहादुर थापाले स्वस्थ्य नागरिक निर्माणको लागि नगरले खुल्ला व्यायमशालाको अवधारण अगाडि बढाएको बताउनुभयो । प्रत्येक वडाको उपयुक्त स्थानमा खुल्ला व्यायामशाला निर्माणका लागि वडाहरुलाई आग्रह गरिएको जानकारी दिदै आगामी वर्ष थप व्यायमशाला निर्माणमा जोड दिने बताउनुुभयो। बुद्ध पार्कमा तीन लाख विनियोजित बजेट मार्फत हात, खुट्टा, कम्मर, घाटी, ढाड, पेट लगायत शरीरका विभिन्न अंगहरुको व्यायामका लागि पाँच थरी उपकरण जडान गरिएको खुल्ला व्यायमशाला उपभोक्ता समितिका अध्यक्ष गोविन्द बहादुर थापाले जानकारी दिनुभयो । खुल्ला व्यायमशालामा एकै पटक १० जनाले जनाले व्यायाम गर्न सकिने कोषाध्यक्ष सुस्मा आलेले बताउनुभयो । उपकरण जडान गरे संगै व्यायमका लागि बालक, युवादेखि जेष्ठ नागरिक व्यायमका लागि पुग्ने गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...