बुद्ध पार्कमा खुल्ला व्यायामशाला निर्माण

Published on

काठमाडौं । जिल्लाको रामपुर नगरपालिका–६, बुद्ध पार्कमा खुल्ला व्यायामशाला निर्माण गरिएको छ । नागरिकलाई आफ्नो अनुकुलको शारिरीक अभ्यासमा सहजताका लागि नगर मै पहिलो पटक खुल्ला व्यायामशाला निर्माण गरिएको हो ।

निर्माणका लागि ६ नं.वडा कार्यालय बाट चालु आर्थिक वर्षमा तीन लाख विनियोजन गरेको थियो । रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले स्वास्थ्य महत्वपूर्ण विषय भएकाले नागरिकलाई व्यायमको महत्व बारे जानकारी दिन र शारिरीक व्यायममा प्रेरित गर्नका लागि खुल्ला व्यायमशाला निर्माण गरिएको बताउनुभयो । व्यायामशालाको शुभारम्भ गर्दै रामपुर नगर प्रमुख रमण बहादुर थापाले स्वस्थ्य नागरिक निर्माणको लागि नगरले खुल्ला व्यायमशालाको अवधारण अगाडि बढाएको बताउनुभयो । प्रत्येक वडाको उपयुक्त स्थानमा खुल्ला व्यायामशाला निर्माणका लागि वडाहरुलाई आग्रह गरिएको जानकारी दिदै आगामी वर्ष थप व्यायमशाला निर्माणमा जोड दिने बताउनुुभयो। बुद्ध पार्कमा तीन लाख विनियोजित बजेट मार्फत हात, खुट्टा, कम्मर, घाटी, ढाड, पेट लगायत शरीरका विभिन्न अंगहरुको व्यायामका लागि पाँच थरी उपकरण जडान गरिएको खुल्ला व्यायमशाला उपभोक्ता समितिका अध्यक्ष गोविन्द बहादुर थापाले जानकारी दिनुभयो । खुल्ला व्यायमशालामा एकै पटक १० जनाले जनाले व्यायाम गर्न सकिने कोषाध्यक्ष सुस्मा आलेले बताउनुभयो । उपकरण जडान गरे संगै व्यायमका लागि बालक, युवादेखि जेष्ठ नागरिक व्यायमका लागि पुग्ने गरेका छन् । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...