पञ्चमूलमा बन्दै लालीगुराँस पार्क

Published on

काठमाडौं । आँधीखोला गाउँपालिका–१ को पञ्चमूल सामुदायिक वनमा लालीगुराँस पार्क बनाउन थालिएको छ । वडा कार्यालयको पहलमा डिभिजन वन कार्यालय स्याङ्जाले राष्ट्रिय फूल लालीगुराँसका बिरुवा उपलब्ध गराएसँगै लालीगुराँस पार्क बनाउने काम थालिएको हो ।

वडाध्यक्ष पवनकाजी अधिकारीले दुई सय हेक्टरमा फैलिएको पञ्चमूल सामुदायिक वनको १० हेक्टरमा लालीगुराँस पार्क बनाइने बताउनुभयो । उहाँले सामुदायिक वनको दुई हेक्टर जमिनमा पहिलो चरणमा तीन सय लालीगुराँसका बिरुवा रोपण थालिएको जानकारी दिनुभयो । सिरुबारी घरबास यहीँ रहेको बताउँदै अधिकारीले थप पर्यटकीय तथा मनोरम बनाउने उद्देश्यले पार्क बनाउने अभियान अगाडि बढाएको बताउनुभयो । पाँच वर्षमा सक्ने गरी अगाडि बढाएको योजना समग्रमा एक हजार पाँच सय लालीगुराँसका बिरुवा रोपिने अध्यक्ष अधिकारीले बताउनुभयो । पार्कलाई मनोरम बनाउने उद्देश्यले छेउछाउमा स्थानीय मलाहा तथा १५० वटा गुलमोहर र १५० वडा कल्की फूल तथा टिमुर र अमलासमेत रोप्ने योजना रहेको बताइएको छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...