पञ्चमूलमा बन्दै लालीगुराँस पार्क

Published on

काठमाडौं । आँधीखोला गाउँपालिका–१ को पञ्चमूल सामुदायिक वनमा लालीगुराँस पार्क बनाउन थालिएको छ । वडा कार्यालयको पहलमा डिभिजन वन कार्यालय स्याङ्जाले राष्ट्रिय फूल लालीगुराँसका बिरुवा उपलब्ध गराएसँगै लालीगुराँस पार्क बनाउने काम थालिएको हो ।

वडाध्यक्ष पवनकाजी अधिकारीले दुई सय हेक्टरमा फैलिएको पञ्चमूल सामुदायिक वनको १० हेक्टरमा लालीगुराँस पार्क बनाइने बताउनुभयो । उहाँले सामुदायिक वनको दुई हेक्टर जमिनमा पहिलो चरणमा तीन सय लालीगुराँसका बिरुवा रोपण थालिएको जानकारी दिनुभयो । सिरुबारी घरबास यहीँ रहेको बताउँदै अधिकारीले थप पर्यटकीय तथा मनोरम बनाउने उद्देश्यले पार्क बनाउने अभियान अगाडि बढाएको बताउनुभयो । पाँच वर्षमा सक्ने गरी अगाडि बढाएको योजना समग्रमा एक हजार पाँच सय लालीगुराँसका बिरुवा रोपिने अध्यक्ष अधिकारीले बताउनुभयो । पार्कलाई मनोरम बनाउने उद्देश्यले छेउछाउमा स्थानीय मलाहा तथा १५० वटा गुलमोहर र १५० वडा कल्की फूल तथा टिमुर र अमलासमेत रोप्ने योजना रहेको बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...