नयाँ योजना बनाउँदै बगनासकाली

Published on

काठमाडौं । चालु आव सकिन एक महिना बाँकी छ । आवको अन्त्यमा पाल्पाका अन्य स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयलाई काम सक्ने हतारो छ तर जिल्लाको बगनासकाली गाउँपालिका भने चालु आवको काम एक महिनाअघि नै सकेर नयाँ योजना निर्माणमा लागेको छ । बगनासकाली गाउँपाालिकाले वैशाखभित्रै विकासका काम सकेर नयाँ योजना निर्माणमा लागेको छ । असारे विकास रोक्ने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८०\’८१ को सुरुदेखि नै योजनाबद्ध काम गरेपछि बगनासकालीले वैशाखभित्रै सबै योजनाको काम सकेको हो । बगनासकाली गाउँपालिकाले नौ वटै वडाका वडास्तरीय योजना, पालिकास्तरीय योजना तथा सङ्घ र प्रदेशसँगको सहकार्यमा सञ्चालित योजना वैशाखभित्रै सकेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले योजनाको काम सकेर प्राविधिक मूल्याङ्कन र अनुगमनपछि उपभोक्ता समितिलाई भुक्तानी गरिएको जानकारी दिनुभयो । असारमा विकासको काम गर्ने प्रवृत्तिलाई रोक्न आवको सुरुदेखि नै योजनाबद्ध रूपमा काम गरिएको उहाँले बताउनुभयो ।

चालु आवमा बगनासकाली गाउँपालिकाले उपभोक्तामार्फत चार सय योजना सञ्चालन गरेको थियो । त्यस्तै १६ वटा योजना ठेक्कामार्फत गरेको थियो । योजना समयमै सम्पन्न गर्नका लागि पालिकाले वडा वडामा गत मङ्सिरअघि घुम्ती सेवामार्फत योजना सम्झौता र प्राविधिक स्टिमेटको काम गरेको थियो । उपभोक्ताले गरेका काम २०८० चैत मसान्तभित्रमा सक्ने सम्झौता भएको थियो भने ठेक्कामार्फत गर्ने योजना वैशाख १५ भित्र सक्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार पालिकाले समयमै काम गरेर आगामी आवका लागि योजना सङ्कलनको काम गरिरहेको पालिकाकी अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । असारमा पालिकाकै योजना बनाउने हतार हुने र असारमा हुने काम गुणस्तरीय नहुने निष्कर्षका साथ समय तालिका बनाएर काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकामा जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा समयमै योजनाको काम सम्पन्न भएको छ । योजना समयमै सम्पन्न भएका उपभोक्ताको खातामा पैसा भुक्तानी भइसकेको छ । कतिपय प्रदेश र सङ्घसँगको सहकार्यमा भएका योजनाको भने रकम नहुँदा भुक्तानीमा समस्या देखिएको गाउँपालिकाले जनाएको छ ।

समयमै योजनाको काम सकिएपछि पालिका आगामी आव २०८१\८२ को योजना निर्माणमा लागेको छ । बगनासकाली गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले चालु आवको विकासको काम सकिएको र आगामी आवका लागि बस्ती तहबाट योजना सङ्कलनको काम भइरहेकोे बताउनुभयो । पालिकाको सुशासन कायम गर्न समयमै योजना बनाउने, त्यसलाई कार्यान्वयन गर्न तालिका बनाएर काम गरेको प्रवक्ता थापाले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...