म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

Published on

काठमाडौं । गोरखाको धार्चे गाउँपालिकाका विभिन्न वडाहरुमा सञ्चालन भएका पसलहरुमा म्याद गुज्रिएको खाद्य सामग्री नष्ट गरिएको छ । सोमबार गाउँपालिकाको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिले बजार अनुगमन गर्दा सबै पसलहरुमा म्याद गुज्रिएको सामान भेटिएकाले सामान नष्ट गरिएको गाउँपालिकाका उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा बालबालिकाले प्रयोग गर्ने चकलेट, केक, आईसक्रिम, लड्ड तथा पेय पदार्थहरुको मिति गुज्रिएको पाइएकाले नष्ट गरिएको हो । धार्चे गाउँपालिकाको हुल्चुक, उहियाँ, गुम्दा, लापुमा रहेका सबै पसल तथा होटेलहरुमा अनुगमन गर्दा म्याद गुज्रिएको पाइएपछि समितिले अबदेखि सामन खरीद तथा बिक्री गर्दा मिति हेरेर मात्र खरीद बिक्री गर्न सचेत गराइएको उपाध्यक्ष्य गुरुङको भनाइ छ । गोरखाका उत्तरी भेगका ब्यापारीहरुले सामानको म्याद नहर्ने भएकाले पनि डिलरबाट आएका बिक्रेताहरुले म्याद गुज्रिएको सामान छोडेर जाने भएकाले पनि अत्यधिक मात्रामा म्याद गुज्रेका सामनाहरु भेटिएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताउनुभयो ।

अनुगमन समितिले डिलरबाट आएका सामान फिर्ता गर्ने सर्तमा सामानहरु सील गरेर सम्बन्धित व्यापारीलाई नै छाडिएको साथै बाँकी सामान भने जलाएर नष्ट गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाका वडाहरुमा पहिलो पटक वडा स्तरमा पुगेर अनुगमन गरिएकाले व्यापारीहरुलाई सचेत गराउने काम पनि गरिएको हो । अनुगमनका क्रममा नेपाल प्रहरीका प्रतिनिधि, स्वास्थ्य शाखाका प्रमुख अमृत घले, उद्योग वाणिजय संघ माछीखोला इकाईका अध्यक्ष धन कुमार गुरुङ एवम् सामाजिक शाखा प्रमुख धनकुमारी दुराको समेत सहभागिता रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...