नारायणघाट–बुटबल सडकमा अवरोध भए एक घण्टाभित्र समाधान गर्नुपर्ने

Published on

काठमाडौं । बर्खाको समयमा नारायणघाट बुटबल सडकखण्डमा अवरोध भएमा एक घण्टाभित्र खुलाई सक्नुपर्ने भएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व र पश्चिमका प्रमुख जिल्ला अधिकारीहरुले सडक निर्माणसँग सम्बन्धित पक्षहरुसँग विनयी त्रिवेणी गाउँपालिकाको बर्दघाटमा छलफल गरी यस्तो निर्देशन दिएका हुन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय नवलपुरले गत जेठ १७ गते बाटोसँग सम्बन्धित सबै पक्षलाई प्रशासनमा बोलाएर दाउन्ने लगायत बाटो अवरुद्ध हुन सक्ने सम्भावित क्षेत्रमा एक हप्ता भित्र मर्मतको काम गरिसक्न निर्देशन दिएको थियो । तर निर्देशन कार्यान्वयन नभएपछि दुबै जिल्लाले संयुक्त रुपमा छलफल गरी निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन प्रा।लि।लाई यस्तो निर्देशन दिएका हुन् । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पहिरो जोखिमयुक्त क्षेत्र पहिचान गरी समाधानका लागि तयारी अवस्थामा बस्न निर्देशन दिनुभयो । ‘‘अहिले हामीलाई कति प्रतिशत भौतिक प्रगती भयो भन्ने चाहिएको होइन, विपतमा राजमार्गलाई कसरी नियमित सञ्चालन गर्ने भन्ने हो, आफूसँग भएको क्षमतालाई पूर्ण प्रयोग गर्नुस् । बर्खामा यात्रुले दुःख पाउन भएन ।’’, प्रजिअ श्रेष्ठले भन्नुभयो ।

नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले पनि आफूहरुलाई माथिबाट बढीमाा एक घण्टा भित्रमा राजमार्गको अवरोध हटाइसक्न निर्देशन भएकाले त्यही अनुसार मर्मतको काम गर्न र अवरोध भइहाले तोकिएकै समयमा हटाउन निर्देशन दिनुभयो । अन्यथा त्यसको जिम्मेवारी ठेकेदार कम्पनीले लिनु पर्ने चेतावनी पोख्रेलले दिनुभयो । बेश भत्काइदिने चेतावनी विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले राजमार्ग मर्मतमा ध्यान नदिने हो भने बर्खायाममा आफ्नो पालिकमा ‘ल्याण्ड लक’ हुन सक्ने खतरा रहेको आशङ्का गर्नुभएको छ । पानी पर्यो भने यहाँका वासिन्दा पूर्व–पश्चिम कतै जान नसक्ने गरी ‘ल्याण्ड लक’ हुने अवस्था छ, जसका कारण विरामीले उपचारसमेत नपाउने अवस्था आयो भने हामी बल्लतल्ल बनाएको बेश भत्काएर त्यही माथि गाडी कुदाउन बाध्य हुनेछौंं, चेतावनी दिँदै अध्यक्ष गिरीले भन्नुभयो, , ‘‘अहिलेसम्म सम्झाई बुझाई गरेर रोकेका छौं, एक हप्ता भित्र कालोपत्रे भएन र यहाँका जनता यतै थुनिने अवस्था आयो भने पालिकाकै मेशिन लगेर बेश खोलिदिन्छु । त्यो बेला हामीलाई कसैले रोक्न सक्दैन । त्यसको जिम्मेवारी तपाईहरुले नै लिनुपर्छ ।’’

अपरेटरको जिम्मा प्रहरीलाई
दुबै जिल्लाको प्रहरीले अवरोधका बेला बाटो खुलाउने सम्पर्क व्यक्ति खोज्दा खोज्दै हैरानी खेप्नु परेको बताएको छ । नवपरासी पूर्वका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नरहरी रेग्मी र पश्चिमका प्रहरी उपरीक्षक काजी कुमार आचार्य दुबैले बर्खामा बाटोले लाइफ लाइन नै बन्द हुने अवस्था आउने गरेकाले अवरोध खोल्नका लागि चाहिने प्रमुख व्यक्ति आफूहरुको सम्पर्कमा हुनुपर्ने बताउनुभयो । उहाँहरुले भन्नुभयो, ‘‘डोजर, स्काभेटर, अपरेटर र क्रेनसहितको व्यक्ति हाम्रो सम्पर्कमा हुनुपर्छ, ताकि चाहिएको बेला हामीले परिचालन गर्न पाइयोस्, त्यसले गर्दा अवरोध छिटो खुल्छ, बरु उहाँहरुलाई हामी खाना खुवाएर हाम्रै ब्यारेकमा राख्छौं । भौतिक प्रगती ५२ प्रतिशत गत वर्ष दोस्रो पटक थपिएको म्याद जुलाई १५ अर्थात् आगामी साउन ३१ गतेसम्म हो । त्यति बेला म्याद थप्दा झण्डै ४२ प्रतिशत भौतिक प्रगती भएको थियो र त्यसलाई बढाएर ७५ प्रतिशत पुर्याउने र कम्तिमा एकतर्फी बाटो कालोपत्रे गर्ने भनिएको थियो । तर थपेको म्याद सकिन अब दुई महिना मात्र बाँकी छ । र बर्खा लागेकाले यो अवधिमा अब ठूलो प्रगती हुने देखिन्न । एक वर्षमा १० प्रतिशत मात्र प्रगती भएको छ । निर्माण पक्ष र सडक आयोजनाले भने काम चुनौतीपूर्ण भए पनि अवरोध भइहालेमा तत्काल हटाउनका लागि प्रयास गर्ने बताएका छन् । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...