कोशी प्रदेशमा सडक निर्माण सुस्त

Published on

काठमाडौं । कोशी प्रदेश सरकार गठन भएपछि आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का लागेका सडक अझै निर्माण हुन सकेका छैन । तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते मोरङको पथरीबाट जाँते हुँदै ज्यामिरे जोड्ने १९ किमी लम्बाइको सडक धूमधामका साथ शिलान्यास गर्नुभयो । शिलान्यास भएको दिन मुख्यमन्त्री राईले तीन वर्षमा सडक निर्माण सम्पन्न गर्ने योजना भए पनि दुई वर्षमा नै सकेर आफैँले उद्घाटन गर्ने बताउनुभएको थियो । तर चार वर्ष ६ महिना बितिसक्दा पनि १९ किलोमिटर लम्बाइको सडक निर्माण सम्पन्न भएको छैन । लेटाङको ज्यामिरेबाट जाँते हुँदै पथरीमा पूर्व पश्चिम राजमार्गलाई क्रस गरेर डाइनियाँ हुँदै भारतसँग जोड्ने यो सडक उत्तरी मोरङको व्यापार प्रवर्द्धनका लागि महत्वकाङ्क्षी गौरवको आयोजना रहेको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी अयुष जोशीका अनुसार यो सडक २०७८ असोज ११ गते सम्पन्न गरी हस्तान्तरण गरिसक्नु पर्ने थियो । तर सडकका रुख नहटाएको निर्माण क्षेत्रको दायाँबायाँ खालि नगरिदिएको कारण पूर्वनिर्धारित समयमा सडक बन्न सकेन ।

सडक कालोपत्रे गर्ने जिम्मा लिएको श्रेष्ठ कन्स्ट्रक्सने कालोपत्रे गर्ने जिम्मा विनीता श्री निर्माण कम्पनीलाई दियो । विनीता श्रीले काम तीव्र रूपमा गरिरहेको थियो । तर जङ्गलको दायाँबायाँका रुख र सडकको बिचमा पर्ने रुख हटाउन लामो समय कुर्नु परेपछि हालसम्म ११ किलोमिटर काम मात्र सम्पन्न भएको छ । सडक ५४ करोड ४८ लाख ४५ हजार १२५ रुपियाँ ९६ पैसाको ठेक्का लागेको हो । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले हालसम्म २५ करोड २१ लाख ७१ हजार रुपियाँ निर्माण कम्पनीलाई दिइसकेको छ । पुन म्याद थप गरी २०८० असार २८ गते सडक कालापत्रे गरिसक्नु पर्ने सम्झौता थियो । तर उक्त मिति गुज्रिसक्दा पनि निर्माण कम्पनीले ८ किमी सडक निर्माण प्रक्रिया अझै थालेको छैन । लेटाङ–८ का वडाध्यक्ष भीमप्रसाद पोख्रेलले भन्नुभयो, ‘‘सडकमा पर्ने २११ वटा रुखमध्ये सडकको बिचमा ठडिएका ३ वटा रुख मात्र काटिएको छ । अरू २०८ रुख काटिएको छैन । साइट खालि नगरेसम्म ठेकदारले काम अघि बढाउँदैनन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी अयुष जोशीले भन्नुभयो, ‘‘योजना सम्पन्न भएपछि २९ करोड २६ लाख ७३ हजार रुपियाँ भुक्तान दिनुपर्ने हुन्छ । हालसम्म ४२ दशमलव २८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । प्रदेश सरकारले आव २०७५\२०७६ सालमा कोशी प्रदेश भरी ७२ वटा सडकलाई बहुवर्षीय योजना अन्तर्गत समावेश गरेको थियो । सोही आयोजनाअन्तर्गत पथरी–जाँते–ज्यामिरे सडकखण्ड पनि समावेश भएको हो । जसअन्तर्गत मोरङमा मात्र १४ वटा सडक रहेका छन् । मोरङको २२ किमी लम्बाइको बिराटचौक–घिनाघाट–विराटनगर सडक निर्माण सम्पन्न भएको देखिएपनि १० किमी सडक मात्र हस्तान्तरण भएको छ । सूचना अधिकृत जोशीले तीन वटा निर्माण कम्पनीले काम गरेका थिए । दुईवटाले काम सम्पन्न गरेका छैनन् । त्यस्तै किसान चोक आइतबारे–रवि सडक ९७ दशमलव ५० प्रतिशत प्रगति भएको छ । उक्त आयोजनालाई मन्त्रालयले एक करोड ६७ लाख ९८ हजार रुपियाँ दिनुपर्ने छ । यसैगरी सोही सडकको किसान चौक मिक्लु खोला खण्डमा २१ दशमलव ६६ प्रतिशत मात्र काम भएको छ । उक्त आयोजनाका लागि सरकारी दायित्व २१ करोड ७५ लाख १८ हजार रुपियाँ रहेको छ ।

यस्तै मोरङका दाम्राभिट्टा–उल्लुघुटु सडक, गिरिजाप्रसाद कोइराला सडक, बवियाविर्ता रञ्जनी हुँदै काजिमान चौक–फार्साडाँगी–गान्धीआश्रम सडक, मोतीपुर शुक्रबारे –गिदनिया सडक, दर्वेशादेखि धनपाल पुटानी चौक जोड्ने सडक, राम लक्ष्मण मार्ग, विराटनगर–जोगवनी बोर्डर सडक, भाउन्ने आमतोला सडक, लेटाङ–६ नं. बुधबारे सडक, बुढीगङ्गा गाउँपालिका हुँदै पुष्पलाल चौक जोड्ने सडक र कटहरी गापा ५ रिङ्रोड पश्चिमबाट खोरिया महेशपुर हुँदै कृषि बजार जोड्ने सडक निर्माणको सूचीमा छन् । बजेटको सुनिश्चितता नभई टेन्डर लागेका सडकको काम कछुवाको गति भइरहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको तथ्याङ्क अनुसार सुनसरीमा १०, झापामा १२, इलाम, भोजपुरमा ६र६, पाँचथरमा४, तेह्रथुम, सङ्खुवासभामा दुईरदुई धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, ताप्लेजुङमा र उदयपुरमा तीनरतीन वटा र खोटाङमा एउटा सडकलाई वहुवर्षीय सडक आयोजनामा राखेको थियो । गोरखापत्र

ताजा समाचार

राष्ट्रपतिको युरोप भ्रमण: जलवायु परिवर्तनमा नेपालको प्राथमिकता केन्द्रमा रहनुपर्ने मुद्दा स्थापित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरणको मुद्दा...

फिल्डिङ र ब्याटिङमा कमजोरी भए : आगामी दिनमा सुधार गर्छौँ स् कप्तान पौडेल

काठमाडौँ ।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै...

हामी जतिसक्दो महाकाली पुल छिटो सम्पन्न गर्ने पक्षमा छौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदाली स्थित महाकाली नदीमा निमार्णाधिन चारलेनको पक्की पुल निमार्णको अन्तिम चरणमा...

एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई...