वेब सिरिज ‘साहु बा’

Published on

काठमाडौं । टेलिशृङ्ला र टेलिफिल्म निर्माण न्यून बन्दै गएको बेला दर्शकबिच अहिले वेब सिरिज लोकप्रिय बनेका छन् । राजधानीमा मङ्गलबार ‘साहु बा’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । सिरिजमा अभिनेतृ प्रियङ्का कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बाँस्तोलालगायत कलाकारको अभिनय रहेको छ ।

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुति रहेको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले खिच्नुभएको हो । जोशीलाई सङ्गम राई र अनिस तामाङले छायाङ्कनमा साथ दिएका थिए । २४ एपिसोड निर्माण गरिएको सिरिजमा ३५० भन्दा बढी कलाकारले अभिनय गरेका छन् । हरेक एपिसोड एक घण्टा लामो रहेको छ । नेपालमा ठुलो बजेटमा पूर्ण रूपमा पहिलो पटक वेभ सिरिज निर्माण गरिएको निर्माण कम्पनीले दाबी गरेको छ । सिरिजको कथा, पटकथा तथा संवाद र निर्देशन सुजय योङले गर्नुभएको छ । ‘साहु बा’ ले प्रेम, विश्वासघात प्रतिशोधको कथा उठाएको छ । एक्सन तथा क्राइमको विषयवस्तुसमेत शृङ्खलामा समेटिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...