सप्तपाताल पोखरीको पुनर्निर्माण

Published on

काठमाडौं । ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । ऐतिहासिक तथा धार्मिक महत्व राख्ने सो पोखरीको अस्तित्व मेट्ने गरी विभिन्न संस्थाले भौतिक पूर्वाधारका कार्य अगाडि बढाएपछि विरोध भएको थियो । त्यस क्रममा यो विषय अदालतसम्म पुगेको थियो । अदालतको आदेशपछि सप्तपाताल पोखरी संरक्षण गर्न बाटो खुला भएको थियो । सप्तपाताल पोखरी पुनर्निर्माण समितिका अध्यक्ष पूर्ण स्थापितले छिट्टै पुरानै अवस्थामा पोखरीलाई देख्न पाइने बताउनुभयो । रातो मत्स्येन्द्रनाथको जात्रा सम्पन्न भएपछि एक जोडी भँगेरालाई आकाशमा छोड्ने र एक जोडी माछालाई सप्तपाताल पोखरीमा छोड्ने परम्परा छ । जात्रा सकिएको बारेमा इन्द्र भगवान्लाई भँगेरामार्फत जानकारी दिने र माछामार्फत पाताल लोकलाई जानकारी दिने परम्पराका रूपमा मानिँदै आएको छ ।

दुई वटा पोखरीमध्ये एउटा पोखरी नेपाली सेनाको राजदल गण मातहत थियो भने अर्को पोखरी बेवारिसे थियो । नमुना मच्छिन्द्र विद्यालयले सँगै जोडिएको पोखरीलाई नष्ट गर्ने गरी सटर निर्माण गरिरहेको थियो । राजदल गणले करिब ३२ रोपनी चर्चिंदै आएको थियो । विद्यालयसँगैको पोखरी १४ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ । ललितपुर महानगरपालिकाले अपनत्व लिने निर्णय भएपछि यतिखेर पोखरीलाई पुरानो अवस्थामा फर्काउने गरी निर्माण कार्य धमाधम भइरहेको छ । चार करोड रुपियाँको लगानीमा चारैतर्फ फलामे बार लगाइएको छ । त्यस्तै ६० लाख रुपियाँमा पोखरीलाई गहिरो पार्न खाल्डो खनिएको छ । सम्पूर्ण निर्माण कार्यका लागि करिब २३ करोड रुपियाँ लगानी गरिँदै छ । सो स्थानमा तीन वटा पाटी पनि तयार गरिने छ । निर्माण कार्य सम्पन्न भइसकेपछि सर्वसाधारणले बगैँचासहितको सप्तपाताल पोखरीमा प्रवेश पाउने भएका छन् ।

सो पोखरीको मुहान ललितपुरको टीकाभैरवदेखि ल्याइएको राजकुलो थियो । हाल ढोलाहिटीभन्दा यता राजकुलो रहेको ठाउँमा व्यक्तिगत घर निर्माण भइसकेका छन् । त्यसैले ढोलाहिटीदेखि सप्तपातालसम्म सडक हुँदै पाइपबाट पानी ल्याइने भएको छ । त्यसका लागि तीन करोड रुपियाँको टेन्डर आह्वान गरिएको छ । समितिका अध्यक्ष स्थापितले सप्तपाताल पोखरी भरिसकेपछि ललितपुरका ढुङ्गेधारामा पानी ‘रिचार्ज’ हुने बताउनुभयो । “ललितपुरका ढुङ्गेधारा सुक्दै जानुमा सप्तपाताल पोखरीमा पानी नहुनुले हो । त्यहाँ पानी भरिएपछि रिचार्ज भई सबै ढुङ्गेधारामा पानी आउन सक्छ,” उहाँले भन्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...