अवैध रूपमा ढुवानी गर्दै गरेको शालिग्राम नियन्त्रण

Published on

काठमाडौं । मुस्ताङबाट अवैध तवरले चोरी निकासी गर्न लागिएको झन्डै तीन हजार चार सय वटा शालिग्राम प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङ प्रहरीले तीन हजार ३७९ वटा शालिग्राम बरामद गरेको हो ।

शालिग्रामको उद्गमस्थलका रूपमा लिइने दामोदरकुण्ड क्षेत्रबाटै सङ्कलन गरेर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले शालिग्राम लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङबाट गाडीमा लोड गरेर लैजाँदै गरेको भन्ने सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चराङदेखि जोमसोमतर्फ शालिग्राम लैजाँदै छन् भन्ने सूचनाका आधारमा प्रहरी चौकी घमीले शालिग्राम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ पाण्डेयले जिपमा राखेर जोमसोमतर्फ लैजाँदै गरेको अवस्थामा शालिग्राम बरामद गरिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले बरामद शालिग्राम आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमलाई बुझाएको प्रनाउको भनाइ छ ।

एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले अवैध रूपमा व्यावसायिक प्रयोजनका लागि लैजान लागिएको आशङ्का गरिएको उक्त शालिग्राम कसको हो भन्ने खुल्न नसकेको बताउनुभयो । शालिग्राम आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जोमसोमबाट एक्यापको प्रधान कार्यालय पोखरामा पठाइएको उहाँले जानकारी दिनुभयो । मुस्ताङमा यति ठुलो सङ्ख्यामा शालिग्राम बरामद भएको पहिलो घटना हुन सक्ने अनुमान गरिएको छ । कुनै पनि सामग्री अन्यत्र लैजान छोडपुर्जी चाहिने भए पनि शालिग्रामलाई बिक्रीवितरण तथा ओसारपसार गर्न पाइने कानुनी व्यवस्था नरहेको एक्याप जोमसोमका प्रमुख रेग्मीले जानकारी दिनुभयो । सामान्यतः एकरदुई वटा कसैले घरमा पूजा गर्न लैजाने गरे पनि व्यावसायिक तथा अन्य प्रयोजनका लागि लैजाने कुनै कानुनी आधार नभएकाले यसबारे आवश्यक कारबाहीका लागि केन्द्रीय कार्यालय पठाइएको उहाँको भनाइ छ । गोरखापत्र

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...