उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

Published on

काठमाडौँ ।उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी समकक्षीसँग बिहीबार हनोईको राजकीय भ्रमणका क्रममा भेटवार्ता गर्नुभएको छ । नेता पुटिनलाई भियतनामका नवनियुक्त राष्ट्रपति तो लाम र हनोईस्थित राष्ट्रपति भवनमा एक सैन्य गार्डले स्वागत गर्नुभएको थियो । उहाँले लामसँग वार्ता गर्नुका साथै भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव गुयेन फु ट्रोङलगायत अन्य वरिष्ठ भियतनामी नेतासँग पनि भेटवार्ता गर्नुहुनेछ ।

यसअघि, नेता पुटिनले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । पुटिन र किमले प्योङयाङमा भएको शिखर सम्मेलनमा आक्रमण भएमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि समावेश भएको एक रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए । किमले युक्रेनविरुद्ध रुसको युद्धलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । वासिङ्टन र उसका सहयोगीहरूले उत्तर कोरियाले युक्रेनयुद्धका लागि रुसलाई गोलाबारुद र क्षेप्यास्त्र आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले रुस र उत्तर कोरियाबिचको सम्बन्ध प्रगाढ हुनु ’ठुलो चिन्ताको विषय’ भएको बताएको छ भने युक्रेनका एक उच्च अधिकारीले प्योङयाङले मस्कोलाई ‘युक्रेनी नागरिकको सामूहिक हत्या’ गर्न उक्साएको आरोप लगाएका छन् ।

बुधबार २४ वर्षमा उत्तर कोरियाको पहिलो भ्रमण गर्दै पुटिनले मस्कोजस्तै कडा अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको प्योङयाङसँग ‘सैन्य प्राविधिक सहयोग’लाई आफूले इन्कार नगरेको बताउनुभएको थियो । पुटिनले भन्नुभयो, “आज हामी संयुक्त राज्य अमेरिका र उसका सहयोगीको ‘आधिपत्यवाद र नव–औपनिवेशिक अभ्यास’ को विरुद्ध एकसाथ लडिरहेका छौँ । उत्तर कोरियाको स्थापना भएदेखि अर्थात् दोस्रो विश्वयुद्धपछि नै यी दुई देश सहयोगी रहँदै आएका छन् भने सन् २०२२ मा रुसले युक्रेनमा गरेको आक्रमणपछि पुटिनविरुद्ध पश्चिमा मुलुकहरूले विश्व मञ्चमा आवाज बुलन्द पार्ने र आक्रमणविरुद्ध एक भएपछि यी दुई देश अझ नजिक भएका हुन् । नेता किमले पुटिनलाई ‘कोरियाली जनताको सबैभन्दा प्रिय मित्र’ को संज्ञा दिँदै युक्रेनमा जारी युद्धप्रति आफ्नो ‘पूर्ण समर्थन र ऐक्यबद्धता’ व्यक्त गर्नुभएको छ । रासस/एएफपी

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...